'इण्डो-वेष्ट' गठजोडको पहिलो रणनीति सरकार परिवर्तन -भरत दाहाल

Posted on: May 03, 2016 | views: 448

चीनसंग भएका संझौताहरू कार्यान्वयनमा आउन नदिन बजेट विनियोजन रोक्नका लागि दिल्लीले दलालहरूको समिकरण बनाउने र यूरो-अमेरीकी साम्राज्यवादले त्यसको आधारलाइ औचित्यपूर्ण देखाउन वातावरण बनाउने काम गर्न थालेका छन्।

सरकार परिवर्तनका लागि दिल्लीमा 'नेपाली' हलिहरूको जमघट सुरू हुन थालेको छ। मालिकबाट जोत्ने खेत पाउनका लागि यिनीहरूको नारा सुनिन थालेको छ- बिहारीहरूको सिमाङ्कनको मागलाइ संबोधन गरेर कथित समस्याको समाधान गर्नुपर्ने ।

संविधान जारी गर्नेबेला सबैभन्दा बढि अड्को थाप्न यिनै बाँदरहरूलाइ प्रयोग गरिएको थियो । कैलालीमा त्यत्रो हत्याकाण्ड गराउने कारक तत्वहरू यिनै हुन् । वातावरणलाइ हिंसात्मक बनाएर अस्थिरता जारि राख्न यिनीहरूला त्यस्तो जिम्मा दिइएको थियो ।

दिनहुँ दर्जनौं निरपराध मानिसलाइ ड्रोनको शिकार बनाउँदै आएको अमेरीकाले आफ्ना सुराकिहरूले मात्र नपुगि आफैले नेपालको मानवअधिकार अवस्थाबारे प्रश्न उठाएको छ । यूक्रेन संकट निम्त्याएर युद्धको वातावरण बनाएका यूरोपियनहरूले शान्तिको प्रश्न उठाएका छन् ।

यि सबै आतंकवादीहरूको मूख्य सरोकार नेपालको स्थिरता नभएर चीन र नेपाल लक्षित अस्थिरता हो भन्ने तथ्य व्याख्या गरिरहनु पर्दैन ।

केपी सरकारबाट यो काम गराउने आशा हुँदासम्म 'शिष्ट' देखिएका यि जङ्गलि 'मानवतावादी'हरूको 'सभ्यता' नै यहि हो ।