८ कक्षा उतिर्ण जीवनकै सर्वोच्च उपलब्धी लागेको छ-शान्ता चौधरी

Posted on: May 02, 2016 | views: 360

धेरैलाई हासो लाग्दो हो तर मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ-मैले कक्षा आठ पास गरे‌। जिल्ला स्तरीय परीक्षा थियो ।

घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएको थिइन । आफूलाई फेल हुन्छु भन्ने कत्रो चिन्ता थियो तर पास भएछु ।

पास मात्र होइन फस्ट डिभिजन आएछु । म पास हुँदा मेरा छोराछोरीको खुसीको सीमा छैन । उनीहरु असाध्यै खुसी छन् ।

स्कूलका आदरणीय गुरुहरुले म पास भए पनि यति अङक आउला भन्ने सोच्नुभएको थिएन रे । आदरणीय गुरुहरु प्रति आभारी छु ।

गुरुहरुले मलाई ज्ञान दिएर लगाउनुभएको गुणका लागि कृतज्ञता ज्ञापन गर्ने म सँग शब्द नै छैन ।

कक्षाका साथीहरु कसले कति अङक ल्याउनुभयो मैले थाहा पाएकी छैन । किनभने म अहिले धरानमा छु ।

कक्षामा सँगै पढ्ने छोराछोरी भन्दा सानाहरुलाई साथी भन्न पाउँदा मलाई गर्वको अनुभुति हुन्छ । ती बालसखाहरुबाट मैले धेरै कुरा सिक्न पाएकी छु ।

मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हो भन्छन् तर आठ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।

मलाई ध्यान दिएर पढ्न मिडियाले पनि बाध्य बनायो । म स्कूल जान थालेको समाचार मिडियामा आओस भन्ने चाहन्नथे‌ तर आयो ।

मिडियामा लगातार समाचार आयो। यो कारण पनि म पढाइमा ध्यान दिन बाध्य भएँ। यसका लगि स‌चारकर्मीहरुलाई धन्यवाद।

मलाई पढ्न सधै प्रेरित गर्ने हाम्रो पार्टी नेकपा एमालेका नेताहरु तथा पार्टी प‌क्ति, सकारात्मक अभियानका दाइ Bhishma Bhusal साथीहरु, शुभचिन्तकहरु तथा इष्टमित्रहरुप्रति आभारी छु । छ ।

तपाई‌हरुको आशीर्वाद तथा प्रोत्साहनले म कक्षा नौमा पनि अवश्य सफल हुनेछु ।