गुणस्तरहिन किटले दिएको तनावको अन्तरकथा

Posted on: May 26, 2020 | views: 2769

–श्रीकृष्ण आचार्य, विदुर ।

 नमस्कार मेरो नाम श्रीकृष्ण आचार्य हो म अहिले नुवाकोट जेसीजको अध्यक्षको जिम्मेवारी पूरा गर्दै छु । यसको साथै म सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड वट्टार शाखाको व्रान्च ईन्चार्ज पनी हो । बि.स.२०६८ सालमा आफु एपेन्डिसाईटिसको विरामी परेको र उक्त समयमा तत्काल काठमाडौ जानलाई कुनै एम्वुलेन्स नपाएको त्यतीवेला तत्कालीन ताम्सालिङ स्वायत्त प्रदेशको वन्दको कारणले वल्ल तल्ल सुत्केरी लाने एम्वुलेन्समा आफु जान पाएको र आफ्नो ज्यान २४ घण्टा भन्दापनी वढी समयमा एपेन्डीसाईटिसको अप्रेसन भएर वाँच्नु परेको त्यो तितो यथार्थ मनमा हुदाहुदै जिल्लामा एउटा एम्वुलेन्स संचालन गरुकि भन्ने लागेर २०६४ साल फागुण ५ गते सवारी दुर्घटनामा परि दिवंगत भएका मेरा भाई श्रीराम आचार्यको नाममा संस्था दर्ता गरी २०७१ सालमा एम्वुलेन्स को लागी पहल गरीयो त्यती वेला मैले प्रक्रिया पूरा जानन कि पहुँच कम भयो कुन्नी म भन्दा पछी दर्ता हुने संस्था हरुले स्विकृती पाई एम्वुलेन्स लिगिसकेका थिए मैले बि.स. २०७५ सालमा स्विकृत पाए र २०७५ असोज देखी श्रीराम आचार्य स्मृती प्रतिष्ठान संस्था मार्फत एम्वुलेन्स संचालन गर्दै आएको छु । जिल्लामा विभिन्न किसीमका ठुला ठुला दुर्घटनामा र अन्य कुनै पनी व्यक्तीलाई एम्वुलेन्स चाँहिदा आफुले थाहा पाएसम्म छिटो भन्दा छिटो सेवा दिइ रहेको छु । दशै तिहारमा एम्वुलेन्स नपाएको खण्डमा नी अहोरात्र खटिई चालकको हौसला वढाई म आफै चालक संगै गई जिल्लामा रहेको विरामीहरुको सेवामा २४ सै घण्टा खटिदै आएको छु । 

हाल मुलुक कोरोना महामारीको समयमा छ त्यस्तो अवस्थामानी जिल्लामा रहेका एम्वुलेन्सका साथीहरुसंग छलफल गरी यस्तो अवस्थामा हामिले सक्दो सेवा गर्नुपर्छ भनी पटक पटक सल्लाह गरी उच्च सावधानी अपनाई कार्य गर्दै आईरहेको छु । मेरो एम्वुलेन्स चालकको हौसला वढाउनको लागी म प्राय संगै सेवामा जाने गरेको छु र यो कोरोनाको महामारीमा पनी यस्तै गरीयो जव काठमाडौ विरामी लैजादा एक विरामी बढिमा दुई कुरुवा भन्ने जानकारी आयो अनी त्यसपछी मैले मेरो चालकलाई सम्झाई सुरक्षाका सम्पुर्ण सामाग्रीको व्यवस्था गरी विरामीको सेवामा अहोरात्र खटाईरहेको छु । साथसाथै विदुर नगरपालीका मा कोरोना भाईरसको कारण आफ्नो दुई छाक टार्न मुस्कील साँच्चीकैका पिडीत हरुको घाउमा मलमपट्टी लगाउने हेतुले दाजु मच्छिन्द्र नरसिंह प्याकुरेलको संयोजकत्वमा शंकर पाण्डे, दुर्गाराज पाठक लगायतका अग्रज तथा सरोज लामा, नमराज सुवेदी लगायतका साथीहरुसंग मिलेर राहत वाढ्ने कार्यमा पनी अगाडी वढीरहेको छु । त्यसका साथसाथै फेसवुकमा व्लड अन रिक्योस्ट ईन नुवाकोट नामक पेज खोली नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा अत्यावस्यक रगत चाहिएमा दाजु मच्छिन्द्र नरसिंह क्षेत्रीको समन्वयमा यस महामारीको वेला विभिन्न व्यक्ति हरुलाई घरबाट अस्पताल र अस्पतालबाट घरमा निःशुल्क रुपमा लानेल्याउने बन्दोवस्त गदै आईरहेको छु उक्त पेजको एडमिनमा म पनी संलग्न रहेको छु । 

मिति २०७७ जेठ ६ गतेको कुरा हो म घरमा भर्खर उठेको थिए । त्यत्तीकैमा नुवाकोट जिल्ला अस्पतालका डाक्टर मधुकर दाहालज्यु को फोन आयो मैले फोन उठाए डाक्टर सावले फोनमा आत्तीदै भन्नुभयो लौन छ पिन्ट एवि पोजेटीभ व्लड तु चाहियो भन्नुभयो । मैले हस् भने र तुरुन्त दाजुृ मच्छिन्द्र नरसिह प्याकुरेललाई फोन गरेको दाजुले भन्नुभयो म अस्पताल आईसकेको छु २ जना मान्छे लिएर अरु मान्छे अलि टाढाको छ लिन जान तयार होउ भन्नुभयो र म  नजिकका साथीहरुलाई सोध्न थाले एम्वुलेन्स चालक २ जनाको व्लड एवि पोजेटीभ रैछ उनीहरुलाई छिटोछिटो खाना खान लगाएर अस्पताल लिएर गए । अस्पताल पुग्ने वित्तिकै अघिपछीको भन्दा त्यो दिन अस्पतालमा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले  कडाई गरेको रहेछ । अस्पतालमा कार्यरत सम्पुर्णको आर.डि.टी. चेकजाँच भईरहेको रहेछ र अस्पतालका दुई जना स्टाफलाई पोजेटिभ देखियो भन्ने गाँईगुँई हल्ला सुने त्यत्तिवेला सम्म मेरो एम्वुलेन्स चालक विजय लामीछानेको आर.डि.टि. रिपोर्ट आईसकेको थियो दाजु मेरो नेगेटिभ आयो भन्यो र मैले पनी भाई तिमिलाई नभए मलाई पनी छैन किनकी म धेरै समय तिमिसंग हिडेको छु संगै खाएको छु भने अनी मच्छीन्द्र दाजुले तिमिहरु वाहिरै बसेहुन्छ, अरु मान्छे हरु पनी लिन जानपर्न सक्छ भन्नुभयो म र भाई सरोज लामा बाहिरै वस्याै एकैछीन वस्दा वस्दै सरोजले हाम्रो पनी जाँच्न जाउ भन्यो र मैले दिमाखमा के आयो उ संगै हिडे र जाँच्ने लाईनमा गएर वसे म ढुक्क थिए मेरो नेगेटिभ आउछ भनेर मलाई केही समस्या थिएन अनी हामि सवैले जचाँयौ म संगै जाने सरोजको नेगेटिभ आयो मेरो पोजेटीभ मलाई डाक्टर रेमकुमार राई र डाक्टर राजेन्द्र लामाले अलि भिन्न बस्नु भन्नु भयो अनी जाँच्दै जाँदा कुल जाँचेको मध्ये विदुर नगरपालीका वडा नं. २ का वडा अध्यक्ष आदरणिय वुवा विरेन्द्र शाहि, एम्वुलेन्स चालक साथी निकेस कुमार भट्टराई र एम्वुलेन्स चालक दाजु राजकुमार घर्तिको रिपोर्ट पोजेटीभ आयो ।

सवैजना गई सकेपछी मैले डाक्टर संग सर मेरो फेरी एकपटक जाँच्न पर्यो हामी सवैको मलाई विश्वास छैन भन्दा हुन्छ भन्नुभयो तर दोश्रो पटक जाँचेको रिपोर्ट मैले माग्दा पि.सि.आर को लागी स्वाव संकलन तयारी गरी सक्नु भएको रहेछ र मलाई केही रिपोर्टको वारेमा जानकारी दिनु भएन । अनी डाक्टर राजेन्द्र लामा ज्यु र अर्का एक जना चिकित्सकले लामो पाइप निकाल्नु भयो छेउमा कपास हुदो रहेछ कुन चाँही नाक खुलेको छ भन्दै म भन्दा अगाडीका २ जनाको स्वाव निकाल्नु भयो उक्त स्वाव लिदा कति दुख्दरैछ भन्ने कुरा मैले मेरा साथीहरुले अगाडी गरिराख्दा देखीरहेको थीए । भित्रभित्रै भक्कानीए मच्छिन्द्र दाजुले भनेको मानेर गेट वाहीर वसेको भए मेरो के हुन्थ्यो भन्ने जस्तो लाग्यो अनी कुनै प्रतिकृया नगरी डाक्टर राजेन्द्र लामाले स्वाव निकाल्ने ठाउमा गएर वसे र डाक्टर सावले फोटो खिच्न लगाउनुभयो मैले मेरो पिडा कसैलाई देखाईन स्वाव निकाल्नको लागी यो नाकको प्वाल खुलेको छ भने डाक्टर राजेन्द्र लामाले त्याहावाट स्वाव निकाल्नु भयो । 

डाक्टर रेम कुमार राईले अव रिपोर्ट नआउन्जेल यतै वस्नुपर्छ भन्नुभयो मैले डाक्टर साव म नवुझ्ने व्यक्ति होईन म घरमानै सबै नियम पुर्यायर वस्छु भने डाक्टर रेमले हुन्छ घरमानै वस्नु भनेर मलाई पठाउनुभयो र दाजु मच्छिन्द्र नरसिंह क्षेत्रीको गाडि वोलाई अनी दाजुले मलाई मेरो घर सम्म ल्याईदिनुभयो । दाजुले अंगालो हाल्दै मेरा सवै साथीहरुलाई भन्नुभयो हेर आरडिटिको भर हुदैन यसको पिसिआर नेगेटीभ आउछ तिमिहरुले त्यस्तो व्यवहार नगर भन्नु भयो मेरा सम्पुर्ण साथीहरुले त्यस्तो व्यवहार गर्नुभएन ।

म अस्पताल वाट निस्केर घर आए घर आउदा सम्म अलिअली कल आएको थियो घर आई पुग्दा त घरमा रुवावासी रैछ सवैले तेरो छोरोलाई कोरोना लाग्यो लगायत के के भन्दै वसेका रैछन् । सर्वप्रथम मैले घरका सम्पुर्ण परिवारलाई सम्झाए अनी नुहाउन आफनै घरको छतमा गए त्याहाँ सोलार भएको कारणले तातो पानीमा नु्हाउन मन लाग्यो अनी नुहाउन लाग्दा माथिल्लाे घरका दाजुले मलाई बोलाई तिमिलाई कोरोना लागेको हल्ला छ अव मेरो नजीक साँच्चीकै नआउ है भन्नुभयो मैले केही जवाफ नदिई नुहाए अनी कोठामा थन्कीए कोठामा आउदा लगभग ९१ वटा मिस कल आएको रहेछ मलाई मान्छेले हेर्ने नजरले पो त्रसित वनायो । वेलुका अस्पतालका पुर्व अध्यक्ष भाई पारस अधिकारी ले कल गर्नुभयो दाजु तपाँई माथीनै आउनुपर्छ भनेर मलाई खवर गरीराछन् भनेर भन्नुभयो मैले कसरी वस्नु पर्छ म मेरै घरमा वस्छु मलाई केही समस्या छैन भने उहाँ ले कसरी कुरा मिलाउनु भयो मलाई थाहा छैन म अस्पतालमा जानु परेन ।

अनी एकातीर छर छिमेकको तनाव अर्को तिर चाँहीदो नचाँहिदो फोन कलको तनाव ले मलाई धेरै थाकेको अनुभव भयो रातभरी निन्द्रा लागेन यदि रोगै नलागेपनी चिन्ताले मरिन्छ पो जस्तो लाग्यो । भोलीपल्ट हाम्रो टोलका केही सिमित व्यक्ती मिलेर लगानी गरी त्रिशुली खोलामा वोरीङ गरी खानेपानी घरमानै ल्याएका थीयौ । मेरो घर वरपर त्यो पानी कसैले ल्याउनुभएको छैन र विहान सवैजना खानेपानी थाप्न मेरो घरमा आउनुहुन्यो अघीपछी त्यस दिन कोही पनी आएनन् । म वाहिर ट्वाईलेट जादा पल्लोघर वाहिर वसेका व्यक्ति म ट्वाईलेट वाट निस्कदा भित्र छिरीसकेछन् अनी यस्ता कुराले धेरै तनाव वनायो मेरो घरमा किराना पसल छ किन्न कोहि आउन छोड्यो । 

यस्तो तनावका विचमा पनी मलाई फोन गरी म्यासेज गरी हौसला दिनुहुने आदरणीय दाजुहरु उपेन्द्र वुढाथोकी, मच्छिन्द्रनरसिंह प्याकुरेल, रामहरी न्यौपाने, ध्रुव कुमार रावल, हरिजंग पाण्डे, परशुराम श्रेष्ठ भाईहरु पारस अधिकारी, नमराज सुवेदी, सरोज लामालाई धेरै सम्झन चाहेको छु । साथै मेरो हरपलको जानकारी लिई मलाई साथ दिनुहुने नुवाकोट जेसीजका पुर्व अध्यक्षद्धय जेसीज मित्र रविन पोख्रेल सर र दाजु दुर्गाराज पाठकलाई पनी धेरै सम्झन चाहेको छु र जस्तो सुकै परिस्थीतीमा पनी मेरो साथ नछोडेको भाई विजय लामीछानेलाई पनी धेरै सम्झन चाहान्छु । 

भोलीपल्ट म लगाएत सवैको पिसिआर रिपोर्ट नेगेटीभ आयो भन्ने हल्ला आयो तर त्यसको वारेमा सत्य तथ्य जानकारी भएन त्यत्ति वेला सम्म मलाई के लागेको थीयो भने हामिमा अझै पनी जनचेतनाको कमी रहेछ कुन रिपोर्ट ले के हुन्छ भन्ने अझैपनी कसैलाई जानकारी रैन रहेछ । यस्तो तनावका वावजुत मेरो परिवारका सदस्यलाई पटक-पटक कल गरी अनावस्यक तनाव  दिनुहुने मेरा आफन्त तथा शुभेच्छुकहरुलाई पनि अब त मलाई बुझिदिनुहुनेछ भन्ने अपेक्षा सहित धेरै धेरै धन्यवाद ।



जिवन भोगाईको वारेमा र सुख दुखको वारेमा धेरै ज्ञान थियो तर त्यो साँच्चै कस्तो हुन्छ भन्ने आज सम्म लागेको थिएन साँच्चीनै आज जिवनको वारेमा वुझ्दै छु । जिवनमा कस्ता कस्ता कुराको सामना गर्नुपर्र्दो रहेछ भन्ने कुरा आज जानकारी हुदै छ । म अव सामाजीक कार्यमा संधै लागी रहने छु मलाई त यो रोग छैन मेरा आफन्त, टोल छिमेकी लगायत अन्य व्यक्तिहरुलाई यस रोग तथा अन्य कुनै समस्या परेमा संधै साथ दिने वचन प्रतिवद्धता व्यक्त म एक चेतनशिल मानव हु संधै मानविय सेवामा लागी कार्य गर्नेछु । 

मानवताको सेवानै जिवनको सर्वोतम कार्य हो । 

धन्यवाद