मेरो गाँउको सिंहदरबार

Posted on: April 28, 2019 | views: 1391

0 नारायण नेपाल,

एकबारको जुनीमा
जान मन छ सिंहदरबार
खन्ती र बेल्चालिएर
हेर्न मन छ मनभरी
के हुँदो रहेछ त्यहाँको माटोमा
र फेरिंदो रहेछ
जिन्दगीको पुरै खिताब
र, बिग्रने रहेछ पूरै गणित :
सिंहदरबार भत्काउने रहर कविता कवि पुरुषोत्तम लम्साललेले लेख्नु भएको थियो । त्यही कविताको केही हरफहरु सापटी लिदै यो आलेख उर्ताने प्रयासमा छु । हिजो आज गाउँ गाउँमा सिहदरबार आएको खुब चर्चा छ देशभर । त्यही देशभरको चर्चाको सिहदरबार खोल्ने एक नमुना बेल्कोटगढी नगरपालीकालाई लिएर केही सवालहरुको चर्चा कालिघुम्तीको कथा र बेल्कोटगढीका ब्याथा आलेखमा केही दिन पहिले चलाए पछि उत्पन्न तरगंले यो दोस्रो आलेख जन्मदै छ । भजन किर्तन त भाई भारदारका झुण्डले गाउलान नि । निम्छराहरुको सवाल बोल्नु मेरो लेखकीय उपदेयता हो कललसगं कलम नै लडाउने हो । अरु लडाउन खोज त सबाल अर्कै हो । त्यो मेरो नियन्त्रणमा नहुन पनि सक्ला ? तर  कमजोरीको आत्मस्विकारोक्ती र सुधारभन्दा चोरऔला तेर्साउनेहरुले जे गर्लान तर खबरदारीको यो लहर जारी छ । जनताको पैसा के मा किन खर्च सबै हिसाब परर्दर्शी नै हुन पर्छ । केही शासकहरुको सिहासन त केही दिनको घाम छाया हो त्यहाबाट पछारीय पछि थाहा होला जनताको मर्म तर  हाम्रो कलम त निरन्तर जिवन भर हुनेछ  कलम भाच्ने दुस्साह गरे पनि कलमको डोबले लगाएको छाप युगौ सम्म कोरीरहन्छ ।

सबल बहसको हो । के हो गाउको सिहदरबार कस्को नीति र नेतृत्व गरेको छ सिहदरबारले यो प्रश्नलाई चटक्कै भुलेर सिहदरबारको रथारोहण गर्न सडकमा उरालेका लालझण्डहरुलाई विद्रुपिकरण गर्ने अधिकार आजका जिम्मुवाल मुखियाहरुलाई छैन खबरदारीको सबाल यही हो । सिहंदरबार पहुचबालहरुको हुने खानेहरुको अखडा थियो देश लुटने जनता चुस्नेहरुको अखडा थिए हिजो । आज गाँउ गाँउमा उदाएका सिहदरबारहरु यस्तै काठमाण्डौ सिहदरबारको स्थानिय संस्करण र जनता लुटने भष्टहरुको अडामा बदलिदै गएको छ ।  सिहदरबार नहिजो जनताको थियो नआज  हुने छ । तर गाउमा सिहंदरबारको अधिकार र शासन आयो भन्दा उत्साहले तिनहात बित्ता उफ्रने भुुइमान्छेहरुको पिठ्युउँमा जब करकोे भारी र विकासको नाममा भात ढिडो खाने खेतबारी र छयानमा डोजर आतंक पस्न थाल्यो त्यसपछी न्याय मुखरीत आवाजहरुलाई मुखीयाहरुले विकास विरोधीको   विल्ला भिराए दिए । भुई मान्छेका सबालहरु मुखरीत गर्न जरुरी थियो । गाउमा जनताको सिहदरबार हैन उही पुरानो सिहदरबारको अपराधिक चरीत्र र भ्रष्टाचार आएको छ आज गाउ गाउमा बास्तविकता यहि थियो ।


आखिर के हो सिहदरबार ? कसरी जन्मीयो त सिहदरबार ? त्यसको तथ्य अलि फरक छ । तर जेहोस् त्यो सिंहदरबार राज्य र जनताको लुट, र शक्तिको अहंकारको जगमा नै उभिएको छ । उनका भाइभरदार नन्दीभृगीहरुले के भन्छन मतलब छैन सत्य चाही यही हो  त्यसको अभिलासा जंगलको एक्ले वीर सिंह नै बन्ने हो । हिजो गाम पञ्चायतमा जिम्मुबाल बाको दैलोमा दहीको ठेकी र केराको हातो बोकेर बाजेको पालामा आशिष थाप्न गए जस्तो आज नयाँ जिम्मुबाल मुखियाहरुको दरबारमा कुखुराको भाले र ब्रन्डेडबोतल बोकेर जानेहरुको स्वाभीमान कहा होला र छ त्यसको हिसाब किबात त एक दिन गर्न पर्छ जनताको कठघरामा ?तर मुखियाहरु सामु हात थाप्न नपर्नेहरुले नै हो सत्यबोल्ने दानापानि र निगाहाम बाँच्नेहरुले त प्रतिरक्षा नै गर्न परेन र ? त्यो उति जरुरी छैन जनताका लागी आजका सबाल निम्छराहरु माथिको हैकमी र भारदारी रवाफ विरुद्धको शब्द विद्रोह हो ।


केही समय अघि नुवाकोटका एक पत्रकार दिनेश आर्चायले सामाजिक सञ्जालमा एक स्टायाटस् लेखेका थिए यस्तो छ भर्खरैको कथा... भन्दै  "एक पत्रकारले गुण्डाहरु सहित ब्यापारीको समुह लिएर नुवाकोट लैजान्छ । बालुबाको ठेक्का लिने र एक खानि कब्जा गर्ने डिल हुन्छ । त्यही भेटीन्छन् एमालेका एक टुक्रे नेता र उनले एमाले मेयरलाई मिलाउने ठेक्का लिन्छन् । पत्रकारले ब्यापारी बाट लिएको पैसा मध्ये ५लाख दिन्छन् ति लठैतलाई । मेयरको भागको एडभान्स पैसा सायद मेयरको हातामा परेको हुदैन त्यसैले काम हुदैन ।त्यस पछि चल्छ धम्की अपरहण र चेक बाउन्सको श्रङखला पत्रकारले पाबर देखाउछन् सरकार त दुइतिहाइ भैहाल्यो ।
नुवाकोटे पुलीसको जोर चलेन त्यसपछि पत्रकारको पाबरमा हनुमानढोकाबाट प्रहरी लैजान्छन् र नुवाकोटबाट ति नेतालाई अपरहण शैलीमा पक्राउगरी हनुमान ढोकामा राखिन्छन् अनि ताति लाग्छ एमाले नेता र संसदहरु हनुमानढोका खोरमा ।"

कथा यतिमै सकिदैन बाकी छ : बाकी कथाका किस्साहरु आउदै गरुन माया नमारुन शुभकामना तर त्यो कथा गाउको सिहदरबारको हो मेरो गाउको सिहदरबारको हो कि अन्तैको फैसला मुखियाकै हातमा छोडौ । गाउका सिहदरबारमा रहेका धेरै गुमनाम कथाहरु दुनियाले उक्लदै जाउन हाम्रो सलाम छ हाम्रो शुभकामना छ ।   

बेलकोटगढीका उपमेयरले आफनो प्रतिवेदन १० असार २०७५को घोषणा  को अन्तमामा उल्लेख गरेको नारा चाही अब्बल लाग्यो । सक्छौ सपारौ सक्दैनौ नविगारौ भन्ने उनको नारा प्रतिबेदनमा मात्र हो कि ब्यावहारमा कसरी चित्रण होला  र्हेन जरुरी छ । बेलकोटगढी तीर कम्युनिष्टबाट उदाएर काग्रेसबाट अस्ताउने तरखर गरेको एक विकासप्रेमी नेताले भन्दै थिए एकदिन हेनुहोस कामरेड ।  खान चाही त सबैले खाने हो यहा । तर फरक यति छ कांग्रेस विउ राखेर खान्छ कम्युनिष्टहरु विउ नै मासेर खान्छन् यस्तो थियो प्रतिपक्ष तर्क । उनको यो भनाई रोचकै थियो कांग्रेसले बचाएको विउ कम्युनिष्ट भन्नेहरुको दैलोमा मौलाउने र कम्युनिष्ट भन्नेहरु कागें्रस भन्दा धेरै बौलाउने यस्तो कथा अन्त विरलै होला संसारमा ।


यो प्रश्नहरुको सबाल हो सबाल कम्युनिष्टकै बदनाम भएको छ । कम्युनिष्ट नाम दुरुपयोग गर्ने छुट छैन र त्यही नाममा हुने लुट जनताले स्विाकार गर्ने बाध्य छैन विद्रोह गर्नु त अधिकार हो । जनताको सपनाहरुको आज सिहंरबारले हत्या गरेको छ । त्यसैले सक्छौ सपारौ ,सक्दैनौ नविगारौ भन्ने नाराका जगमा टेकेर केही बोल्नै पर्ने देखिन्छ । तित्राको मुखै बैरी जस्तै ।


आज हामी मृगले आफनो विनाको बासना भुलेर दुनिया तिर भौतारीदै किन भुल्दै छौ आफनौ ज्ञान सिप क्षमता र आफनै विनालाई प्रश्न यही हो ?कहा कहा गरेको छौ त जनतासंग साझेदारीका प्रयासहरु सबाल यही हो ? प्राकृतिक श्रोतमा स्थानिय जनताको अग्राधिकार कम्युनिष्ट पार्टीको नीतिमा स्विकार गरीएको हुन्छ । घर आगन बारी बगेर गएको बालुव ल्याउन जनतालाई कर किन हो ? आधारभुत आवस्यकता गास बास कपास स्वास्थ शिक्षा रोजगारी निःशुल्क भन्ने नारा कम्युनिष्टहरुको थियो आज दुनियाका पुजीवादीहरुले त्यो सिके र लागु गरेका छन् हामी त्यही नारा लगाएर किन काम गर्दैनौ सबाल यही हो ?  त्यसको आधार निर्माणको लागी के के पहल भयो होला जनताले जान्न नपाउने ? जनताहरु माथि लादीएको भारी करको छुटको सबाल हो ? के किन जरुरी छ रु १०मा टिकट टासेर पाउने सुविधाहरु माथि करको थुप्रो किन लुट माथि लुट हो इतिहासको पाना पल्टाएर हेर्दा त देखेको तथ्य छ राजामहाराजाहरुको पनि जनप्रेमीहुन कर छुट गरेको आफुलाई गरीब जनताको प्रतिनिधी भन्नेहरु किन अनावश्यका करको थुप्रो प्रश्न तथ्य खोजेरै गरेको हो हिजो पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरे र विजय गरेपछि नुवाकोटलाई कर छुट गरेको तथ्य इतिहारको पानामा भेटिन्छ ।यस्तो रहेछ लिखत्  ।


नुवाकोटका चारबर्ण छत्तिसै जातलाई सेर्मा,साउन्या फागु आदी रकम माफी गरीएको छ । धामीलाई त भोट मधेस नै जगात लिइन्न थियो । राजाको विहेमा लाग्ने चुमवान कर ,राजा फेरीदा लाग्ने गदीममाखर छुट थिइो र अनिर्वाय श्रमदानमा लाग्न टाढाको इलाकामा जादा लाग्ने झारा छुट थियो भनेका रहेछन् रैतानले अनेत्र झारा नजानु तर हाम्रो कमरेडहरु सत्तामा उक्लीए पछि करको भारी किन ? आज पसिना बेचेर लालपुर्जाको बन्धकी फुकाउने र गुजारा चलाउने कतिछन् खाडीमा हामा जवानहरु हिसाब छ ? जनताको घर आगन बारी बगेर गएको बालुव ल्याउन प्रति टिप २७०० जनतालाई कर किन ?घर जग्गाको चार किल्ला प्रमाणीत गर्दा ५०० किन ? जन्म मृत्यु दर्ता समेतमा कर किन प्रश्न गर्ने नपाइने ?  
.
११महिना शिक्षक बिहिन भएर क ख ग नचिन्ने बनदेवी निमाविका विद्यार्थीहरु उत्तर पुस्तीक पल्टाउदै प्रश्न गर्नु कस्तो हो आधुनिक शिक्षाको नारा भनेर अनि जुँगाको लडाईमा लडने नेता र शिक्षाप्रेमीहरुलाई सोध्नु ति लालाबालाको जिवन अध्यारो परेर दुनियाको के उज्यालो जित्यो भनेर ?  अझै सोध्न मन छ भने सोधौ आज गाँउका प्राथमीक स्वास्थ चौकी विहीन बडाहरु छन् । स्वास्थ चौकीमा जिवनजल र सिटामोल बाहेका औषधी उतिसारे हुन्न के यो पेचिलो सबाल होइन र ? गाँउका प्राथमीक उपचार केन्द्र त २४ घण्टा नै जनसेवा तत्पर हुनु पर्दैन । र्भखरैको सामाजिक सञ्चारहरुका बेनपा ४ बडरेका इन्दबहादुर तामाङ दुबै मृगौलाले काम गर्ने छोडेर उपचारको लागी हारगुहार गर्दै अस्पतालको शैयामा छन् । सहयोग गरौ भन्दा युवाहरुले अभियान चलाएका छन् । यो एक तथ्य हो अब भन्न्होस त जनताको जिउ मासेर, भ्यु टावर बनाउने सपना देख्नेहरुको के होला भ्यु कुन्नी ?

पहिला जनता स्वास्थ र सम्पन्न भएत गाउ अलि प्रगतिपथमा लम्केला कि होइन र ?त्यसका लागी के छ होला प्रयास । बैद्य बन बैद्यहरुको विर्ता होइन आयुर्बेद विज्ञानको थलो थियो । के त्यो बौराउन सकियला त ? स्थानिय सिप कला संस्कृती श्रम र उत्पादनको केही इतिहासको तथ्य त थियो नि त्यसको विकास र विस्तरको लागी केही प्रयास भयो त ? हाइबृड बिउ विजनले स्थानिय विउ बिना पशुको नश्लसुधारले स्थाननिय प्रजातिको अन्त्य हुदै छ । जस्तो बोइलरसगै गाउका लोकल कुखरा मासिदैछै । त्यसलाई आखा चिम्लेर अनुसरण गर्ने कि केही सोच्नो हो । कतिपयका तर्क सुन्दात लाग्छ उनीहरु अब विदेशीहरुको विउ बोकेर उन्नत बुद्धीजिवी सन्तान जन्माइन्छ भन्न बेर मान्दैन् । यहीको पशुमा उत्पादन विकास गर्ने योजना किन नवनाउने , सोच्न सकिन्न  ।

नेपालको संविधानमा सम्पतिको हकसुरक्षित गर्दै भाग ३ मा लेखिएको छ ।त्यही कुरालाइ प्रष्ट पार्दै उपधारा-३ मा लेखिएको छ ,उपधारा २ बमोजीम सार्वजनीक हितकोलागी राज्यले कुनैपनि ब्यक्तिको सम्पती अधिग्रहण गर्दा क्षतिपुर्तीको आधार र कार्यप्रणाली अनुसारहुने छ । भन्ने प्रस्ट उल्लेख छ ।


भु उपयोगका दृष्टीले सयौ सडक जरुरी छ त बहस गर्ने हुन्न  गरौन बहस ,आज नगरपालीकाले कति सडकहरुको लगत कटा गरेको छ ? १५ मिटर १० मिटरको सडक अधिकार क्षेत्रको सिमांकन गरेर धितो बन्धकी समेत नहुने किन बनाउने नगरपालीकाले ? कति घर जग्गाको क्षतिपुर्ति दिएको छ ? मालपोत नापी सबै भए पछि के चाहीयो त जनतासगं डोजर धस्काए झै किटाकाट गरेर लगत कटा गरे हुन्छ नि । किन त्यो हिक्मत आएन गाउका सिहदरबारका बस्ने शेरहरुको प्रश्न यही हो ।


भुकम्प पिडितलाई दाताले दिएको रकममा कति पुग्यो पुगेन कसरी जुटायौ भनी एक शब्द नसोध्ने स्थानिय सरकारले नियन्त्रण गर्दै भुकम्प राहतको अन्तीम किस्ता दिन कबुलीयति नामाको कपाली तमसुकमा ल्याप्चे किन थिचाउने ? अझै नौटंकी गर्दै नगरपालीकाले गर्ने निणर्यमा मेरो राजीखुसी छ भनि यो कागजमा सहि गरेको छु भनी जर्वजस्ती सहि गिराउने । निर्णयमा राजी नहुनेले किन नपाउने अन्तिम किस्ता जवाफ छ  ?
विकासको नाममा लुटतन्त्र कसरी हुदैछ जनताको पसिना उदारहणको लागी हेरौ एक तथ्य नगरपालीकाको दैलोमा रहेको एक सडकमा बजेट रकम रु ८ लाख जम्मा छ । त्यहा एकदलिय समिती गठन गरीन्छ सही ठोकेर दर्ता हुन्छ ।  ८० घण्टा डोजर चलेर अन्य हुन्छ । ६ थान हिम पाइप राखिन्छ । यो वर्षको काम सकिन्छ । नगरपालिकाको दररेट ४१सय प्रतिघण्टा अनुसार ८० घण्टाको रु ३,२८०० हुन्छ । हिम पाइपको १३०००का दरले ७८,००० हुन्छ भने जम्मा खर्च ४०६००० हजार पुग्यो बाँकी यातायात र खाना खर्च कटाउदा ५००००० खर्च निस्कीयो । डोर हाजीर भ्याट बिल ,र कन्टेन्जेन्सीबाँकी काम चाही पानिले बगायो । एक तथ्य सडककाहरुको अधिकाश सत्य ।


स्थानिय नीति निमार्णमा जनताको सहभातिको सबला हो स्थानिय स्वायत्त शासनको अबधारण आज संघियताको अभ्यास जनतालाई अधिकार सम्पन्न बनाउन हो कि भेडा बाख्रा बनाउन हो जनताका ठेकेदारहरुले जानुन तर जिम्मुबालको आगनीमा दशैमा घोर्ले खसी ढालेर रमाईलो गर्दै सरर चचहुई गरे झै मात्रै गर्छन कि जनता र गाउका सबालमा पनि नीतिनिमार्ण तहमा पुगेका गाउका जान्ने सुन्नेले तथ्य र तथ्याङमा टेकेर नीति र विवेक बोकेर बहस गर्दै  नीति निमार्ण गरेका हुन कि  जसो जसो पुरेतबा उसै स्वाहा भनी तालि ठटाएका हुन सबाल यही बहसको हो ? कवि लम्सालका भावना मै अब बिदाइका शब्द ।

हेर्न मन छ मलाई
आखिर के रहेछ
सिंहदरबारको माटोमुनी
जान मन छ सिंहदरबार
घन, खन्ती र बेल्चा लिएर
बम र बारुदले ठोकेर
भत्काउन मन छ
पुरै सिंहदरबार
र, गर्न मन छ
पुरै शल्यक्रिया
सिंहदरबारको
जान्न मन छ
सिंहदरबार पुगेपछि
धेरै मान्छे
किन अमान्छे बनेर सकिन्छन् ?
उत्तर खोज्छु म
मान्छे खराब हो कि
माटो खराब हो ?