नीति बिनाको काँग्रेस र हिन्दुत्व

Posted on: February 07, 2019 | views: 1594

-जनक राज ढुंगाना (कालु),
धर्म, अर्थ काम र मोक्ष को महत्वलाई जान्नेहरु ले राष्ट्रकल्याणका लागि परापुर्वकालमा पनि राष्ट्र««गित गाउने गर्दथे । जनसमुहको नाम राष्ट्र«« र राष्ट्र««लाई समृद्द पार्नु नै राष्ट्रभक्ति हो । त्यसोहुँदा ऋग्वेदमा राष्ट्रभाव झल्कने एउटा मन्त्र छ ।
मधु वाता ऋतायते मधुं क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः
मधु नक्तमुतोषसो मधुमत्पार्थिवं रजः । मधु द्यौरस्तु नः पिता
मधुमान्नो वनस्पतिर्मधुमान् अस्तु सूर्यः । माध्वीर्गावो भवन्तु नः  
 आलेख लाई विषयवस्तु तिर प्रवेश गराउँछु । जुन दिन नेपालि काँग्रेस ले राष्ट्रीयताको अडान छोड्ने छ । यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्श ओढेर केवल शक्ताको राजनिति गर्ने छ , यो पनि निरर्थक भएर जाने छ । विपिले ४० वर्ष अगाडि चिन्ता गरेको जस्तै अवस्थामा आजको नेपालि काँग्रेस पुगेको छ । शिद्दान्त र आदर्शलाई ख्याल नगरी केवल शक्ता केन्द्रित राजनिति गर्दा कांग्रेसको राष्ट्रीयतासंगको नाता कमजोर हुन पुगेको र प्रजातन्त्रको आदर्श स्तम्भ हल्लिन पुगेको छ । राजाको मुर्खतापर्ण निरंकुश कदम दिरुद्द अर्को अतिवादि राजनितिक शक्ति संग मिलेर क्रान्ति गर्ने नाममा काँग्रेस नेताको राजनितिक कुण्ठा , अधर्मता , ले धर्मको नास भएको छ । हिन्दुत्वको जग हल्लिएको छ ।

२०१७ पुष १ गते को निरंकुश  कदम पछि कठोर आठ वर्षको कारावास र त्यसपछि को अर्को आठ वर्षको कष्ठकर भारत निर्वासन समेत गरी सोह्र वर्षको राजनितिक योग र तपस्या मार्फत विपि ले नेपालको राजनितिलाई राष्ट्र««ीयता प्रजातन्त्र र देश विकाशका लागि एउटा मार्गको चित्रण गर्नु भएको थियो र भनिएको थियो हरेक नेपालिको घर मा गोठ र गोठभित्र एउटा गाई हुनुपर्छ । यसको आसय दुध, दहि, र पनिरका लागि मात्र गाईको आवस्यकता महसुस गरीएको थिएन त्यसभित्र हिन्दुत्वको ठुलो झण्डा पनि फहराईरहेको थियो । विचारले आस्थालाई तान्दछ र आस्थाले विचारलाई वोक्दछ अर्थात कुनै विचारमाथिको गहिरो विश्वासको नाम नै आस्था हो ।

विस्वाश धनिभुत नभई आस्था वन्दैन । कुनै विचारमाथिको विस्वास धनिभुत भई आस्थामा परिणत भए पछि त्यो वज्रलेप अर्थात सुदृढ हुन्छ । त्यो आस्था मानिसलाई हरप्रकारका त्याग उत्सर्ग का निम्ति प्रेरित गर्न समर्थ हुन्छ । आस्थाले प्रतिफलको अपेक्षा गर्दैन, लाभ–हानिको जोख तौल गर्दैन । आस्थाको मुल्य आध्यात्मिक हुन्छ । भौतिकताको रौँ चिरा तर्कको आश्रयमा आस्था वस्दैन ।

हिजोआज आस्थाको अर्थको अवमुल्यन भईरहेको छ । नेपालि काँग्रेसको महाधिवेशन समिति वैठक मा उठेको हिन्दुत्वको प्रश्नलाई पुर्वका किरात र वौद्दिस्ट कार्यकर्तासंग जोखेर नेपालि काँग्रेस आफु उभिएको भुमि सनातन जग माथि वुट वजार्दै छ । त्यसैले काँग्रेस भित्र नैतिकता विलुप्त भएको छ र चारित्रिक अधोपतन पराकाष्टामा पुगेको छ ।


 नेपाल धर्म निरपेक्ष राज्य भएदेखि काँग्रेसलाई हिन्दुत्वको खटिरा ले नचिलाएको भने होईन । देखाउँदा लुतो होला भन्ने डर र नदेखाँउदा पार्टि सकिने डर ले आज पनि काँग्रेस आक्रान्त छ । काँग्रेस नेता खुमवहादुर खड्का भ्रस्टचार मुद्घा वाट सफाय पाए पश्चात  एउटा पत्राकारको रेकर्डर समातेर वोल्छन् ( म हिन्दुत्व को रक्षा को खातिर नयाँ काग्रेस वनाउन तयार छु ) ।

लगतैको केहि वर्षमा उहाँको स्वर्गवास हुन्छ र अर्को राजनितिक कुलघरानाका काँग्रेस नेता सशांक कोईराला हिन्दुत्वको नारा वोकेर कार्यकर्ता र देशलाई प्रभावमा पार्न खोज्छन् । तर महाधिवेसन समितीको वैठक मा ढुंगो वोल्ला तर सशांक वोलेनन् वैठक मा उठेको हिन्दुत्वको प्रश्नको उत्तर लाई  उहाँले पनि खहरे  झै सुकाईदिन्छन् । काँग्रेस भित्र  हिन्दु दर्शनको अध्ययन गरेका धेरै नेता छन् जस्तै प्रदिप गिरी अर्जुन नरसिंह केसि सशांक कोईराला प्रकाशमान सिंह जस्ता धुरन्धर नेता समेत हिन्दुत्वको विषयमा केहि वोलेनन् किन ? किनकि त्यहाँ राजनैतिक स्वार्थ , व्यत्तिगत स्वार्थ  जोडिएको छ ।

एकपटक अर्जुन नरसिंह केसिलाई पत्रकार ले  तपाईको धर्मप्रतिको दृश्टिकोण के हो भनेर प्रश्न गर्दा उहाँको उत्तर थियो  “म धार्मिक स्वतन्त्रता को पक्षमा छु ” तर उहाँले पनि किन भन्न सक्नुभएन कि म हिन्दुत्वको पक्षमा छु भनेर । राजनैतिक स्वार्थको खातिर देश धर्मको राजनितिक दवदवा मा गाँझिने हो भने देश को अवस्था अव के होला ?


व्यारेक र वाहिनिहरुवाट देविदेवताका नाम हटाउने कुरा मा नो कमेन्ट नाममात्र किन ? मठमन्दिर नै भत्काए पनि तेत्तिसकोटि देवता ले जुलुस लगाउने होईनन् क्यारे । हिन्दुत्व विरुद्घको मिसन मा शसस्त्र प्रहरी लाई पहिलो मतियार वनाउने योगदान गरे वापत आईजिपि शैलेन्द्र खनाल ले भ्याटिकन पदक नै पाउन मेरो सुभकामना । उसैपनि वलत्कारी जन्माउने कारखाना हिन्दुधर्म हो र वलत्कारको विसवृक्ष हिन्दुग्रन्थ हुन् भनेर लेख्ने दिग्गज वुद्दिजिविहरुको उच्च सम्मान हुने समाज मा जावो हिन्दुदेविदेवताको अस्तित्व राख्नुपनि हुदैन कि कसो काँगेसजन ?


राजा र काँगे्रस :
नेपालि काँग्रेस ले स्थापना कनल देखि नै राजत्वको तत्कालिन महत्व वुझेर यसलाई पुर्ण समर्थन गर्दै आएको थियो । देश हितका लागि राजसस्थाको आवस्यकताको नेपालि काँग्रेस ले अनुभव गर्दै आएको कुरा अकाटय छैन राणा को पाला मा राजाको कुनै व्यवहारीक अस्तित्व थियन र साधारण जनताका साथ राजापनि तानासाहि अवस्थाको निरंकुस नियन्त्रणमा सम्मानित भनौ या असम्मानित वन्दि सरह थिय । यस अवस्थामा जवकि राजाले कुनैपनि व्यवहारीक अस्तित्वको अनुभव गरेका थियनन् ।

नेपालि काँग्रेस ले आफ्नो सर्वप्रथम घोसणा मा “श्री ५ को वैधानिक नायकत्व ” को उल्लेख गरेर केवल “राजत्व ” प्रतिको आस्थालाई उद्दघोसित ग-यो । यसले राजा लाई जनताका प्रमुख सम्मानित रुपमा उपस्थित समेत ग-यो । साँच्चै भन्ने हो भने १०४ वर्ष पछि राजालाई देशको राजनितीक क्षत्रमा स्थापित गर्ने श्रेय नेपालि काँग्रेसलाई जान्छ । नेपालि काँग्रेस को मुख्य सैदान्तिक आधार प्रजातन्त्र हो यसले नेपालको शासन व्यवस्था मा राजाको स्थान लाई पनि स्वीकार गरेको छ । यसप्रकार प्रजातन्त्र भित्रको राजत्वको विचार लाई वैधानिक राजा  भन्ने संघ्या दिईएको थियो । २००७ साल को राज्यक्रान्ति प्रजातन्त्रको स्थापनाको लागि भएको हो । यसको शक्ति र प्रेरणा को मुहान जनताको त्यो अमिर भावना मा वर्तमान थियो । जुन भावना ले मानिसलाई स्वतन्त्रता र स्वराज्यका लागि शासन व्यवस्था आफ्नो ईच्छा अनुकुल वनाउने उद्दोगमा देवतुल्य वलिदान गर्न उद्यत पार्छ । यदि कुनै विकृति मस्तिस्कले यो सम्झोस कि दिल्ली पलाएन भएका राजालाई देश फर्काउन मात्र २००७ साल को राज्यक्रान्ति भएको हो  यो हास्यास्पद कुरा हो ।

००७ साल को क्रान्ति ले राजा र प्रजालाई एउटै कार्यक्षत्र मा उपस्थित गरेको थियो राजाले निर्माणको कार्यक्षत्रमा  जनताको सहयोगि हुनुपर्ने र ००७ को क्रान्ति को उत्तरदायित्वलाई संम्मिलीत रुपले पुरा गर्ने यत्न गर्नुपर्ने थियो तर त्यो हुनसकेन । प्रजातन्त्र पक्ष र राजपक्ष छुटिन थाले पछि राजतन्त्र खतारा मा परेको थियो तर प्रजातन्त्र खतरामा पारेर राजतन्त्र वचाउने प्रयत्न कसैले गर्नैछैन भनेर नेपालि काँग्रेस वैधानिक राजतन्त्र को तत्कालिन पक्षपाति पनि थियो ।

तर एकतन्त्रिय राजतन्त्रको होईन राजतन्त्र जनताद्घरा स्विकृत हुनुपर्छ वैधानिक राजतन्त्र को अर्थ यहि हो । यस कामका लागि राजा ले आफ्नो जिम्मेवारी वुझ्नुपर्ने , राजतन्त्रलाई स्थाई राख्न जनता र नेपालि काँग्रेसको जवाफदेहिता मात्र थियन । राजाको पनि ठुलो जवाफदेहिता थियो के राजा ले आफ्नो जवाफदेहिता पुरा गरेका थिए वा थियनन् भन्ने कुरा ईतिहाँसले मुल्याङ्कन गर्ने छ । हालको वर्तमान परिश्थिति को मुल्याङ्कन गर्दा राजाको डर ले हिन्दुत्वको नारा लिन अल्झेको काँग्रेस ईतिहाँसको कठघरामा उभिएर क्षमा माग्न पनि लायक रहनेछैन , जतिवेला युरोपियन युनियन र पश्चिमाहरुको कव्जामा नेपाल हुनेछ र नेपाल धर्मविहिन वनाईने छ ।


वर्तमान :
हिन्दुत्व नेपालको पर्व र चाड मात्र होईन यो हाम्रो संकार र आस्था हो । आस्था माथि राजनैतिक प्रभाव जमाउनु खराव कुरा हो आज पनि यि सास्त्विका, राजस र तमस प्रवृति हरु समाजमा विद्घमान छन् यिनिहरुकै अन्र्तद्घन्द लेुसमाज आक्रान्त छ । हामि रामायण त पढ्छाँै तर राम को पुजा  पनि गर्छौ तर रावणको अनुकरण गर्न रुचाउँछौ । त्यसैले आज काँगे्रस पनि चरित्रगत अन्र्तविरोध ले ग्रसित छ । आफु आफैमा विस्वास छैन , आफु आफुमा भयभित छ , यो स्थिति रामको चरित्रलाई अपनाउने र रामराज्यलाई लक्षित वनाउने प्रेरणा लिन सके राम्रो हुने थियो , धर्म राजनिति ,अर्थनिति एवं सामाजिक सुसम्वन्ध नैतिक र चारीत्रिक उत्कर्शमा गतिमान हुन्छन् । 

धर्मआडम्वरमा , राजनितिक छलकपटमा, अर्थनिति स्वर्थमा, सामाजिक सम्वन्ध, वैभव प्रदर्शन मा परिलक्षित भएपछि चरित्र कसरी आदर्श वन्दछ र नैतिकता प्रतिस्थापित हुन्छ ? प्रजातन्त्र नैतिक र चारित्रिक धरातल मा विकसित हुने आदर्श जिवन पद्दति र उत्कृष्ट शासन प्रणालि हो । हामिले लामो संघर्ष, ठुलो तपस्या, महान त्याग र अमुल्य जिवन वलिदान गरेर प्रजातन्त्र स्थापित गरेका हौँ । युगान्तकारी एैतिहाँसिक परिवर्तन भयो । शासकिय संरचना मा मात्र प्रजातान्त्रिक ढाँचा उतारीएको छ, हाम्रो मानसिकता तदनुरुप सोचमा ढलेन, कांगे्रस ले  हाम्रो पारम्परीक सस्कारमा क्रान्ति गर्न सकेन ।  काँग्रेस ले हाम्रो संपुर्ण साधनाको साध्य सक्ता प्राप्ति र अनि शत्ता लाई सार्वजनिक हित, कल्याण साध्ने सेवाको अवसर नसम्झेर सुखभोग र आदेश एवं उपदेश गर्ने अनुमतिपत्र संझियो । आज समाजमा वो विशृङ्खलता, अराजकता , हैकम अदवका अभावको स्थिति विकसित भईरहेको छ र एकप्रकारको अभावको,असुरक्षाको कोलाहल छ त्यो कार्यकर्तालाई नेताहरुले  दिने राजनितिक आदर्श र सिद्घान्त सस्ंकारको अभावमा भएको हो ।  


अन्त्यमा ,
आज नाम , भोलि मन्दिर र पर्सी देश नै हटाउेने दिर्घकालिन मिसन अन्तर्गत आएका हिन्हुविरोधि अभियानको मतियार किन वन्दैछ सरकार ? माओवादि शसस्त्र संघर्षका नाममा एब दशक निरन्तर सस्कृत भाषा र हिन्दु सस्कारमाथिको प्रहार , ०६२ र ६३ पछि राष्ट्र««निर्माता पृथ्विनारायण शाहको योगदानमाथि अवहेलना र अहिले विपि कोईराला को नाममा सरकार र प्रदेश २ का मुख्यमन्त्रि को दृश्टिकोण ईतिहाँस माथिको भद्घा मजाक हो । देश वचाउने छौ भन्ने फिरंगिहरुको हरियो घाँसको आसामा  ईतिहाँसलाई हुर्काउनेहरु का विरुद्घ अव जाग्नुको विकल्प छैन । यदि काँग्रेससंग त्यो तागत छ भने हिन्दुत्वको नारा सहित एउटै गोलाभित्र ॐ कार परिवारलाई राख्ने अभियानको सुरुवात होस् ।
धर्म एव हतो हन्ति
धर्मो रक्षति रक्षितः।
तस्माद्धर्मो न हन्तव्यो
मा नो धर्मो हतोऽवधीत्।