रोहिंग्या प्रसंगले सम्झाएको इतिहास : निर्मलमणी अधिकारी

Posted on: September 11, 2017 | views: 765

घृणावादी द्विराष्ट्रियतावादी कित्ताकाटको कारणले तत्कालीन ब्रिटिश इण्डियाबाट दुई देशहरु जन्माइए इण्डिया र पाकिस्तान । पाकिस्तानको जन्म नै निक्कै कमजोर सैद्धान्तिक आधारमा भएको थियो र केही समयपछि नै पाकिस्तानबाट बांग्लादेश टुक्रियो ।

उक्त घृणावादी हिंसात्मक उथलपुथलका क्रममा इण्डिया, पाकिस्तान र बांग्लादेश कतै पनि अटाउन नसकेका लाखौँ मुस्लिमहरुलाई बडो रहस्यमय तरिकाले नेपालको तराइ क्षेत्रमा ल्याएर बसोबास गराइयो । ती लाखौँ मुस्लिमहरुलाई शरणार्थीका हैसियतमा होइन, पूर्णतः नागरिकको दर्जामा कानुनी पहिचान दिएर नेपालमा बसोबास गराइएको थियो ।

मुख्यतया उर्दू भाषा बोल्ने, अरबी भाषा पढ्ने एवं नेपालमा छोटा पाकिस्तान बनाउने मनसुवा राख्ने मुस्लिमहरुको बढोत्तरीले नेपालमा कस्तो असर पारेको छ ? तथ्य बुझ्न चाहनेहरुका लागि सबै कुरा प्रत्यक्ष नै छ । पहाडी इलाकामा केही पहिलेदेखि बसेर नेपालीकरण भइसकेका चुरेटा वा चुरौटे भनिने समुदायका मुस्लिमहरु समेत पछिल्ला वर्षहरुमा उर्दूकरण एवं अरबीकरणको चपेटामा पर्न थालेका छन् भने तराइका कतिपय जिल्लामा त मजहबी दंगा समेत भइसकेका छन् । बेलैमा चेतौँ है ।

नेपाल वैदिक हिन्दू, बौद्ध, किराती, जैन, बोन आदि मौलिक रैथाने धर्मावलम्बीहरुको मूल थलो हो भन्ने ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथ्यलाई मुस्लिम, क्रिस्चियन (इसाइ), बहाइ आदि जस्ता बाह्य स्रोतबाट नेपाल छिरेका समूहले बुझेर सोही अनुरुप मर्यादापूर्ण व्यवहार सुनिश्चित गर्न जरुरी छ ।

मुस्लिम जनसंख्या कसरी बढ्यो नेपालमा ?

मुस्लिमहरु नेपालका रैथाने मूलवासी आदिवासी त के, जनजाति पनि होइनन् । नेपाल सरहदभित्र मुस्लिमहरुको स्थायी बसोबास हुन थालेको धेरै समय भएको छैन । उनीहरुमध्ये अधिकतर शरणार्थीका रुपमा नेपाल छिरेका समूहका वंशज हुन् । नेपालका मुस्लिमले शरणार्थी तथा आप्रवासी समूहका लागि संसारमा अन्यत्र कहिँ नभएको कानुनी विशेषाधिकार, सुविधा, पहिचान, पुल्पुल्याइँ पाएका छन् । 

मुस्लिमहरुको नेपालमा प्रवेश पहिले त आक्रमणकारीका रुपमा भएको थियो । नेपालको इतिहासमा नेपालमाथि मुस्लिम आक्रमणको विभत्स साक्ष्य छ । नेपालीहरुको सशक्त प्रतिकारको कारणले ती आक्रमणकारीहरु यहाँ टिक्न सकेनन् । तसर्थ, त्यो कालखण्डमा नेपालमा कोही पनि मुस्लिम स्थायी बासिन्दाको हैसियतमा थिएन भन्नु नै तथ्यपूर्ण देखिन्छ । कालान्तरमा केही मुस्लिमहरु जीविकाको खोजीमा नेपाल आइपुगे ।

मैदानी इलाकामा चरम गरिबीमा बाँचिरहेका तिनीहरु नेपालका पहाडमा रहेको साधनस्रोतको सम्पन्नताबाट आकर्षित भई यतै बसेको हुनुपर्छ । मुसलमानहरुका केही समूहचाहिँ सानातिना मालमत्ता बेच्नका लागि डुल्दै हिँड्ने घुमन्ते व्यापारीका रुपमा नेपाल छिरेका थिए । नेपालको पहाडी इलाकामा बसोबास गर्ने चुरेटा वा चुरौटे भनिने समुदायका पूर्वज उपरोक्त आप्रवासीहरु थिए ।

पृथ्वीनारायण शाहले साथमा ल्याएका दुई मुस्लिम परिवारका सन्तान पनि सोही समूहमा मिसिएका होलान् । लखनौमा नवाबी शासनको पतनपछि शरणार्थी बनेर आश्रय लिन नेपाल सरहद छिरेका मुसलमानहरु तराइमा मात्र होइन, काठमाण्डौ उपत्यकासम्मै आएका थिए । उक्त कालखण्डसम्म नेपाल सरहदमा आश्रय लिन आइपुगेका मुस्लिमहरुका सन्तति आज वर्तमानकालको नेपालमा बसोबास गर्ने मुस्लिम जनसंख्याको सानो अंश मात्र हो र मुख्यतः तराइमा बसोबास गर्ने अधिकतर मुस्लिमको नेपाल प्रवेश निक्कै पछिल्लो समयमा भएको हो । 

नेपालमा मुस्लिम अति सानो संख्यामा रहिआएकोमा छिमेकमा भएको घटनाका कारणले मुस्लिम जनसंख्या ह्वात्तै बढ्न गयो । द्विराष्ट्रियता गलत मान्यताको कारणले सिर्जित विभिषिकाको कारणले एउटै मुलुक विभाजन भएर दुईवटा वैरी मुलुकका रुपमा इण्डिया र पाकिस्तान अस्तित्वमा आएको तथा कालान्तरमा पाकिस्तान समेत टुक्रिएर बांग्लादेश छुट्टै मुलुक बनेको परिघटनासँग जोडिएको छ नेपालमा मुस्लिम जनसंख्याको ह्वात्तै वृद्धि ।

अहिले नेपालमा बसोबास गरी यहाँका रैथाने, मूलवासी, आदिवासी तथा जनजातिले समेत नपाएको विशेषाधिकार पाएका मुस्लिमहरुमध्ये अधिकतरको नेपाल प्रवेश इण्डिया र पाकिस्तानको विभाजन एवं बांग्लादेशको स्वतन्त्रता आन्दोलनका जटिल परिघटनामा उक्त तीन मुलुकहरु कुनैमा पनि स्थान नपाएपछि भएको हो भन्ने तथ्यलाई नभुलौँ ।

के कारणले नेपालका तत्कालीन शासकले मुस्लिमहरुलाई नेपालको तराइमा बसोबास गराए र शरणार्थी नभनी पूर्णतः नागरिकको दर्जामा कानुनी पहिचान दिए ? उक्त आप्रवासनमा इण्डियाको तत्कालीन सेकुलरवादी सरकारको दबाब, प्रलोभन वा धम्कीको प्रभाव कति रह्यो ? खोजीका विषयवस्तु अनेक छन् । पहाडी इलाकामा केही पहिलेदेखि बसेर नेपालीकरण भइसकेका चुरेटा वा चुरौटे भनिने समुदायका मुस्लिमहरु समेत तराइका मुख्यतया उर्दू भाषा बोल्ने, अरबी भाषा पढ्ने एवं नेपालमा छोटा पाकिस्तान बनाउने मनसुवा राख्ने मुस्लिमहरुको प्रभावमा परेर पछिल्ला वर्षहरुमा अरबीकरणको चपेटामा पर्न थालेको वास्तविकतालाई पनि हामीले ख्याल नराखी हुँदैन । 

नेपाल वैदिक हिन्दू, बौद्ध, किराती, जैन, बोन आदि मौलिक रैथाने धर्मावलम्बीहरुको मूल थलो हो भन्ने ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथ्यलाई मुस्लिम, क्रिस्चियन (इसाइ), बहाइ आदि जस्ता बाह्य स्रोतबाट नेपाल छिरेका समूहले बुझेर सोही अनुरुप मर्यादापूर्ण व्यवहार सुनिश्चित गर्न जरुरी छ ।