सिके राउत!'मधेसी जनतालाई प्रदेश चाहिएको हो,परदेश होईन '- रमेश प्रसाद साह

Posted on: May 02, 2016 | views: 491

मधेशी हुन वा पहाड़ी, देश टुक्राउने वा सामाजिक सद्भाव विथोल्ने गतिविधि गर्नेहरु देशद्रोही हुन | मधेसलाई नेपालबाट टुक्र्याएर अलग्गै देश बनाउने भन्दै हिँडेका सिके राउत र एउटा पाखंडी बाबामा केहि फर्क छैन | जसरी पाखंडी बाबाहरु सोझा मानिसहरुको फाइदा उठाउँछन् तेसै गरी सिके राउतले तराईका सोझा जनताहरुमा बारूद भर्ने काम गर्दै छन |

वास्तवमा सिके राउत लाई मधेशको भाषा र संस्कृति प्रति लगाव नै देख्दिन | यदि लगाव हुन्थ्यो भने सधै हिन्दीमा भासण दिदैनथे | म पनी मधेसी हु । म देखेको मधेशमा धेरै भोजपुरी, मैथली र नेपाली भाषा बोलिन्छ । यी भाषाहरुको अगाडि हिंदी भाषाको प्रयोग न्यून छ तर पनी सिके राउत लगायत अरु नेताहरु हिंदी भाषा नै धेरै प्रयोग गर्छन, किन ?

मधेसी नेताहरुलाई सोध्न चाहन्छु-‘म लगायत मेरो गाउँको ४००० जनता, साथै मेरो जिल्लाको ८1 गाबिसको जनताहरु भोजपुरी बोल्छन्, तिमीहरु कुन जिल्ला वा गाबिसमा हिंदी बोलने जनता पायौ र ? मदेसीको पहिचान भोजपुरी र मैथली बोलर जोगिन्छ, हिंदी बोलर होइन |

मधेसीहरु आदिम-काल देखिका नेपाली हुन् | भारतबाट पाकिस्तान,पाकिस्तान बाट बांग्लादेश छुटन सक्छ भने नेपालबाट मधेश किन छुटन सक्दैन भन्नेहरु मधेशी होइनन् | सच्चा मधेशीहरु त ती हुन जस्ले बिभिन्न तराईका बोर्डेर एरियामा भारतीय सैनिकहरु लोभ-लालच देखाउदा र धमकी दीदा पनी कहिले हामी इंडियन हौ भन्न मानेनन |

मधेशीहरु त ती हुन, भारतीय सेना सबैका लागी खुला भए पनी १ जना आज सम्म मधेशी भर्ना भएनन | सच्चा मधेशीहरु ती हुन जस्ले दिन रात खेतमा पसीना बगाएर देशको अन्नदाता भएर उभिएका छन | साथै मधेशीहरुको राष्ट्रीयता माथि संका गर्नेहरुलाई म भन्न चाहन्छु मधेशमा सी के राउत जस्ता देश टूकराउन खोजने देशद्रोही मात्र नभएर सम्मानीय पूर्ब मन्त्री लालबाबु पंडित जस्ता लाखौ लाख देश भक्त पनी छन जस्ले राष्ट्रको लागी आफ्नो ज्यान दिन तयार छन तर कसैको अगाडि झुक्न तयार छैनन |

२-४ जना यस्ता अभिव्यक्ति दिनेहरुको कारण मधेशीहरुको राष्ट्रीयता माथि संका नगरौ |

अन्त्यमा सिके राउतलाई भन्न चाहन्छु –
“प्रदेश चाहिएको हो |
परदेश होइन |”
त्यही भएर आफ्नो नाटक मञ्चन बन्द गर |

-”नेपाली हुनुमा गर्व गरौ, सामाजिक सद्भाव कायम राखौं !”

-फेसबुकवाट