वेष्टइन्डिज आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा

Posted on: May 02, 2016 | views: 150

१३ चैत, एजेन्सी । विश्व कप क्रिकेटका दावेदार मानिएका दुई देश पाकिस्तान दक्षिण अफ्रीका खेलबाट बाहिरिएका छन् । वेष्टइन्डिज भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै वेष्ट इन्डिजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

नागपुरमा दक्षिण अफ्रिकाले पेश गरेको एक सय २३ रनको लक्ष्य वेष्ट इन्डिजले दुई बल बाँकी हुँदा सात विकेटको क्षतिमा भेट्टायो । यसअघि हिजो  दिउँसो भएको अर्को खेलमा अष्ट्रेलियासंग २१ रनले पराजित हुँदै पूर्व विजेता पाकिस्तान पनि खेलबाट बाहिरियो । मोहालीमा भएको खेलमा एक सय ९४ रनको चुनौती पछ्याएको पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय ७२ रन मात्र बनाउन सक्यो । आज न्यूनिज्याण्ड र बंगलादेशबीचको खेल हुनेछ । आजै इङ्ल्याण्ड र श्रीलंकाबीच अर्को खेल हुनेछ ।