इपिएल क्रिकेटको लोगो सार्वजनिक

Posted on: July 30, 2017 | views: 223

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो ।

मंसिरमा हुने प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखराका टिम समावेश हुनेछन् । एक टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।