नेपाली क्रिकेट टोलिको दोस्रो जित । मलेसिया ५ विकेटले पराजित

Posted on: July 18, 2017 | views: 364

काठमाडौं ।

नेपाली १९ वर्ष मुनिको टोलीले सिंगापुरमा जारी आई सी सी अण्डर १९ विश्व कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पार्न सफल भएको छ ।

पहिलो खेलमा भैmँ दोस्रो खेलमा पनि नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिँदै प्रतिद्वन्दि मलेसियाका ब्याट्स् म्यानहरुलाई धराशायी बनाएका थिए ।

पादाङ्ग स्थित सिंगापुर क्रिकेट क्लबको मैदानमा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको मलेसियालाई नेपालले २५.५ ओभरमा मात्र ५८ रनमा पूर्णविराम लगाएको थियो ।

नेपाली बलरहरुका अगाडि मलेसियाका कुनै पनि ब्याट्स् म्यानहरुले १० रन पनि पु¥याउन सकेन्न् ।

नेपालका कप्तान सन्दिप लामिछानेले ८.५ ओभरमा १ मेडनका साथै मात्र १७ रन दिएर ५ विकेट लिएका थिए ।

नेपालका अन्य बलरहरुमा पवन सराफले ३ तथा शन्दिप शुनार र किसोर महतोले समान १÷१ विकेट लिएका थिए । 

नेपाले ५९ रनको विजयी लक्ष्ये मात्र ९.५ ओभरमा ५ विकेटको क्षेतीमा भेट्टाएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपालको तेस्रो खेल बिहिबार नेपाली समय अनुसार बिहान ७ बजेर १५ मिनेट जाँदा अफ्गानिस्तान संग हुनेछ ।

.........

२३ वर्ष मुनि उमेर समूहको ए यफ सी छनोट फुटबल प्रतियोगितामा नेपालको यात्रा एक खेल अगावै समाप्त भएको छ ।

संयुक्त अरब ईमिरेट्स् यु. ए. ई. को अल अईन् स्थित तनोन बिन मोहमद रङ्गशालामा सोमबार राती भएको खेलमा नेपाल आफ्नो दोस्रो खेलमा उज्वेकिस्तान संग २÷० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक यु. ए. ई. संग ५÷० गोल अन्तरले पराजित भएको थियो ।

समूह डि मा रहेका आयोजक यु. ए. ई. र उज्वेकिस्तानले समान २/२ खेल जितीसकेका छन् भने नेपाल र लेबननले दुवै खेलमा हार व्यहोरेका छन् ।

समूह विजेतका लागि अब यु. ए. ई. र उज्वेकिस्तानबिच खेल बुधबार हुनेछ ।

प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र लेबननबिचको अन्तिम खेल पनि बुधबार नै हुनेछ ।