एन्फा विवाद अन्त्य गर्न नियमित साधारणसभा गर्न एएफसीको सुझाव

Posted on: May 03, 2016 | views: 176

११ चैत, काठमाडौं ।

एशियाली फुटबलको सर्वोच्च निकाय एशियन फुटबल कनफेडरेशन एएफसी र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिबिच एन्फामा जारी विवाद समाधान गर्दै नियमित रुपमा साधारणसभा संचालन गर्ने विषयमा बुधबार छलफल भएको छ ।

एएफ सीका संचालक सदस्यहरुको संस्था र अन्तराष्ट्रिय सम्बन्धका निर्देशक सन्जिवन बालासींघम र अन्तराष्ट्रि सम्बन्ध अधिकृत पुरुषोत्तम कट्टेलको नेतृत्वमा आएको टोलीले चाँडै एन्फा प्रति असन्तुषिटी जनाउँदै विरोधमा उत्रेका अपाध्यक्ष कर्मा छिरीङ्ग सहित बाँकि तिन जना संग पनि समस्या समाधानका लागि छलफल गरीने एन्फाले जनाएको छ ।

एन्फा प्रतिनिधिहरुका अनुसार एएफसीले नियमीत बैठक गर्न एन्फालाई छलफलका क्रममा सुझाव दिएको छ ।