ईङ्गल्याण्डले अफगानिस्तानलाई हरायो

Posted on: May 03, 2016 | views: 150

११ चैत, काठमाडौं ।
ईङ्गल्याण्ड आई सी सी वल्ड टि २० क्रिकेट प्रतियोगिताको बुधबार भएकोे खेलमा विजयी भएको छ ।
ईङ्गल्याण्डले अफ्गानिस्तानलाई १५ रनले पराजित गरेको थियो ।

भारतको दिल्ली स्थित फिरोजशाह कोट्लामा भएको खेलमा पहिलो ब्याटिङ्ग गर्दै ईङ्गल्याण्डले २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो ।

ईङ्गल्याण्डका लागि सातौँ नम्बरमा ब्याटिङ्ग गर्न आएका मोईन अलीले ३३ बलमा अविजित रहँदै सर्वाधिक ४१ रन बनाएका थिए ।
१ सय ४३ रनको विजयी लक्ष्ये पछाउने क्रममा अफ्गानिस्तान पुरै ओभरमा सबै विकेट ९ खर्चेर १ सय २७ रनमा समित हुन पुग्यो ।

विश्व कप टि २० अन्तर्गत समूह २ मा लगातार तिन वटै खेलमा विजयी हुँदै न्यूजिल्याण्ड सेमिफाईनलमा प्रवेस गरेको छ ।

मंगलबार राति आफ्नो तेस्रा खेलमा न्यूजिल्याण्डले पाकिस्तानलाई २२ रनले पराजित गर्दै जारी विश्व कपमा सेमिफाईनल प्रवेश गर्ने पहिलो राष्ट्र हुन सफल भएको थियो ।