सोल ।
दक्षिण कोरियाको मुजु शहरमा सम्पन्न ११ औँ विश्व कल्चरल एक्स्पोमा नेपालका राष्ट्रिय तेक्वान्दो खेलाडीद्वय प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण पदक जित्न सफल भएका छन् ।
प्रतियोगिताको फाइटतर्फ सम्पन्न फाईनमा राष्ट्रिय खेलाडी प्रतिज्ञाले ६७ केजी तौल समुहमा अमेरिकाकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।
राष्ट्रिय खेलाडि संगिताले ६३ केजी तौल समूहमा अमेरिकाकी खेलाडी नै पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।