सर्वाधिक पुरस्कार सहित राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगिता हुने

Posted on: May 02, 2016 | views: 185

१० चैत, काठमाडौं ।
नेपालमा भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगिता २०७३ झापाको धाईजनमा आयोजना गरिने भएको छ ।

प्रतियोगिता आगामी बैशाख २ गतेदेखि संचालन हुने प्रतियोगिता आयोजक समितिलाई उदृत गर्दै हाम्रा झपा समाचारदाता एकराज गिरीले जनाएका छन् ।

राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगिता पूर्वाञ्चलमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रीय भलिबल संघ, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ए पि यफ क्लब, नेपाल आर्मी क्लब, जावलाखेल टे«डिङ सेन्टर र ढोरपार्टन भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रथम हुने क्लबले ३ लाख १५ हजार, दोस्रोले १ लाख ७५ हजार र तेस्रो हुने क्लबले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसैगरी उत्कृष्ट घोषित हुने एक जना खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।