श्रीजनशील क्लव अत्तरिया धनगढी क्रिकेट लिगको फाईनलमा प्रवेश

Posted on: May 02, 2016 | views: 179

१० चैत, धनगढी ।

श्रीजनशील युवा क्लब सी वाई सी अत्तरीया धनगढी क्रिकेट लिग डि सी यल को फाईनलमा प्रवेश गर्न सफल भएको छ ।

धनगढीमा मंगलबार भएको पहिलो क्वालिफायरमा क्याम्पसरोड क्रिकेट क्लबलाई ७ विकेटले पराजित पार्दै सी वाई सी अत्तरियाले फाईनलको यात्रा तय गरेको थियो ।

क्याम्पसरोडले पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो ।

सी वाई सी अत्तरियाले १८।१ ओभरमा ३ विकेट खर्चेर लक्ष्य पुरा ग¥यो ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका सिवाईसी अत्तरियाका प्रेम तामांगले पुरस्कार स्वरुप ५ हजार रुपैँया प्राप्त गरेका थिए ।