मलेसियासँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा (नामावली सहित)

Posted on: May 02, 2016 | views: 225

काठमाडौं,चैत ८ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले मलेसियासँगको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । एकहप्ता अघि प्रशिक्षणमा बोलाईएका ४४ जना मध्येबाट कोजीले २३ जना खेलाडी छनौट गरेको टोलीमा कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा स्थान  पाएनन् । 

नेपालले चैत १४ गते मलेसियाको २२ वर्षमुनिको टोलीसँग क्वालालम्पुरमा मैत्रीपूर्ण खेल खेल्दै छ । जापानी प्रशिक्षक कोजीले युवा तथा नयाँ खेलाडीलाई टोलीमा समावेश गरेका छन् ।  स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन विष्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन स्पेन जाने भएकाले टोलीमा छैनन । चोट युक्त रोहित चन्द र आदित्य चौधरी पनि टोलीमा छैनन ।

डिफेन्डर: विराज महर्जन, रबिन श्रेष्ठ, विजय धिमाल, देबेन्द्र तामाङ, दिनेश राजबंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मानबहादुर तामाङ, रञ्जित धिमाल,
टोलीमा नपरेकाहरु: अनन्त तामाङ, आदित्य चौधरी, अजित भण्डारी,
फरवार्ड: नवयुग श्रेष्ठ, भरत खवास, विश्वास श्रेष्ठ, रञ्जन विष्ट, सुमन लामा
टोलीमा नपरेकाहरु: अनिल गुरुङ, बिमल घर्ती मगर, कर्ण लिम्बु,
गोलकिपर: किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, 
टोलीमा नपरेकाहरु: अमृत चौधरी, एलन न्यौपाने,
मिडफिल्डर: जगजीत श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, सुनिल बल,
टोलीमा  नपरेकाहरु: अञ्जन विष्ट, बिक्रम लामा, योगेश गुरुङ, नबिन लामा, रोहित चन्द, जाङबु शेर्पा, तेज तामाङ, टंक बस्नेत, राजेन्द्र रावल, श्याम नेपाली, सुशील केसी, रुपेश केसी, शिव श्रेष्ठ ।