सिटीलाई म्यानचेस्टर युनाइटेडले हरायो,टोटनह्याम र साउथह्याम्पटन विजयी

Posted on: May 03, 2016 | views: 202

एजेन्सी,चैत ८ । इंग्लिस प्रिमिर लिग अन्तर्गत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर सिटीलाई उसकै घरेलुमैदान इतिहाद स्टेडियममा म्यानचेस्टर युनाइटेडले १–० ले हराएको हो । टोटनह्याम हट्सपर र साउथह्याम्पटन विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडको जितमा १६ औं मिनेटमा माकर्स रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । 

अन्य खेलमा  उपाधि दावेदारीमा रहेको टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३-० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले दुई तथा क्रिश्चियन एरिक्सनले एक गोल गरे । अर्को खेलमा साउथह्याम्पटनले लिभरपुललाई ३-२ ले पराजित गर्‍यो । साउथह्याम्पटनका लागि सादियो मानेले दुई तथा ग्रेजियानो पेलाले एक गोल गरे ।
जितपछि छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ५० अंक भएको छ । चौंथो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । हारपछि सिटीको उपाधि जित्ने सम्भावना सकिएको छ । अंक तालिकामा ३१ खेलबाट ६६ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको आर्सनल ५५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

३१ खेलबाट ४७ अंक जोडेको साउथह्यामप्टन सातौं स्थानमा उक्लिएको छ । २९ खेलबाट ४४ अंक जोडेको लिभरपुल नवौं स्थानमा छ ।  दुई समकक्षीबिच विभिन्न विषयमा सम्झौता पनि सम्पन्न भएको छ । वार्ताका क्रममा सम्झौताका साथै पत्राचार पनि भएको छ ।