अन्तरास्ट्रिय तेक्वान्दो महासंघमा बाँकेका सुनार

Posted on: May 02, 2016 | views: 158

सुनिल रेग्मी, नेपालगञ्ज

नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको केन्द्रिय सदस्यमा बाँकेका होम सुनार निर्वाचित भएका छन् ।  काठमान्डौमा भएको छैटौं महाधिवेशनबाट सुनार केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

मध्यपश्चिम आईटिएफका उपाध्यक्ष रहेका सुनार केन्द्रिय  सदस्यमा निर्वाचित भएका हुन् ।

 निर्वाचित सुनारले आफुले तेक्वान्दो खेल विकासमा अझै महत्वपूर्ण योगदान दिने अवसर पाएको बताए ।  नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघको छैटौं महाधिवेशनमा केन्द्रिय अध्यक्ष ,बरिस्ठ उपाध्यक्ष ,महासचिव लगायत केन्द्रीय सदस्यहरु निवार्चित भएका छन्