अश्विन नम्बर वन टेष्ट बलर,स्मिथले नम्बर वन ब्याट्सम्यान

Posted on: May 03, 2016 | views: 467

एजेन्सी,पुष १७ । भारतका आ. अश्विन नम्बर वन टेष्ट बलर बनेका छन् भने अष्ट्रेलियाका स्टिभ स्मिथले फेरि टेष्ट नम्बर वन ब्याट्सम्यान बन्दै २०१५ को सुखद अन्त्य गरेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बिहीबार टेष्ट प्लेयरको र्याङ्किङ सार्वजनिक गरेको छ ।  जसमा आ। अश्विन नम्बर वन टेष्ट बलर बनेका छन् ।

दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा भएको सिरिजमा अश्विनले शानदार प्रदर्शन गरेका थिए । उनले यो वर्ष ९ टेष्टमा ६२ विकेट लिए । जसमध्ये दक्षिण अफ्रिकाविरुद्ध खेलिएको चार म्याचमा ३१ विकेट पनि छ ।
अश्विन अघि भारतका बिशेन बेदी १९७३ को अन्त्यमा नम्बर वन टेष्ट बलर बलेका थिए । कपिल देव, भगवत चन्द्रशेखर र अनिल कुम्बले आफ्नो करियरमा दोस्रो नम्बरसम्म पुगे ।

आर अश्विनले दक्षिण अफ्रिकाका डेल स्टेनलाई पछि पारे । तेस्रो स्थानमा स्टुआर्ड ब्रोड छन् । ब्याटिङतर्फ स्टिभ स्मिथ फेरि शीर्ष स्थानमा उक्लिएका छन् । न्यूजिल्याण्डका केन विलियम्सन दोस्रो स्थानमा झरेका छन् भने इंग्ल्याण्डका जोए रुट तेस्रो स्थानमा छन् ।