नेपाल पुलिस क्लब एक दिवशिय क्रिकेटको फाइनलमा

Posted on: June 05, 2017 | views: 302

काठमाडौं ।

नेपाल पुलिस क्लब प्रधान मन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।


त्रीभुवन विश्व विद्यालयको मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो सेमिफाईनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको ए पि यफ क्लबलाई डक वर्थ लुईस स्टर्न डि यल यस को माध्यमबाट ३४ रनले पराजित गरेको थियो ।


ए पि यफ ले टस जित्दै फिल्डिङ्ग रोजे पछि ब्याटिङ्ग थालेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतीमा २ सय ५२ रन बनाएको थियो ।


नेपाल पुलिस क्लबका लागि कुशल भूर्तेलले ५२ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

ए पि यफ का बलर अनिल कुमार शाहले सर्वाधिक ३ विकेट लिएका थिए ।


ए पि यफ ले ब्याटिङ्ग गरेको केहि समय मै पानि पर्न शुरु भए पछि खेल केहि समयका लागि रोकिएको थियो ।


पानि पर्न रोकिए पछि डि यल यस को माध्यमबाट ए पि यफ लाई २८.३ ओभरमा १ सय ७३ रन बनाउनु पर्ने लक्ष्ये दिईएको थियो ।


तर २८.३ ओभरमा ६ विकेट खर्चेर ए पि यफ क्लब १ सय २८ रनमा सिमित भए पछि नेपाल पुलिस क्लबले फाईनलको यात्रा तय गरेको थियो ।

ए पि यफ का लागि कप्तान ज्ञानेन्द्र मल्लले ३ चौका र ३ छक्काको मद्दत्तमा ३५ बलमा सर्वाधिक ४५ रनको योगदान गरेका थिए ।


यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका नेपाल पुलिस क्लबका कुशल भूर्तेलले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्रको क्रिकेट टोलि बिच मंगलबार हुनेछ ।