'आजको खुसीको खवर भनेको नेपालमै खेल हुने पक्का भयो'

Posted on: May 03, 2016 | views: 188

७ चैत, काठमाडौं ।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो चरण खेल अन्र्तगत नामिवियाबिरुद्ध घरेलु मैदानमा खेल्न पाउनेभएको छ ।

आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्न दुई सर्त राखेको र त्यो अनुसार नेपालले प्रतिवद्धता जनाएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने अनुमति पाएको हो ।

एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलदोकन गर्न नेपाल पठाएकोमा प्रतियोगिता नेपाललाई आयोजना गर्न अनुमति दिएको हो ।

बन्दुलाले आज मात्रै मैदानको अवलोकन गरेका थिए । किर्तिपुरस्थित टियु क्रिकेट मैदान अवलोकन गरेपछि म्यानेजर बन्दुलाले खेल नेपालमै र किर्तिपुर क्रिकेट मैदानमै हुने बताएका हुन् ।
उनले भनेका छन्-'आजको खुसीको खवर भनेको नेपालमै खेल हुने पक्का भयो ।'

आइसीसीको तालिका अनुसार विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले नामिवियासँग किर्तिपुरमा खेल्ने तय भएको हो ।

तर नेपाल क्रिकेट संघ भित्रको राजनीति र भ्रष्टाचार काण्डका कारण भने प्रतियोगिता भारतमा हुने हल्ला फैलिएको थियो ।

सन् २०१५ देखि सुरु भएर २०१७ सम्म चल्ने विश्व क्रिकेट लिग च्याम्पियनसीपमा ८ एशोसियट मुलुकका टोलीहरुले होम एण्ड अवेको अवधारणामा १४ खेल खेलाईंदैछ ।

विश्व क्रिकेट लिग च्याम्पयनसप अन्तर्गत नेपालले यसअघि खेलेको दुईचरणका खेलमा स्कटल्याण्ड र पुपुवा न्यूगिनीबिरुद्धको खेलमा पराजय भोगेका कारण अब हुने खेल नेपालको लागि महत्वपूर्ण छ ।