टि-२० विश्वकप महाभिडन्तमा भारतले पाकिस्तानलाई हरायो

Posted on: May 02, 2016 | views: 190

७ चैत, काठमाडौं ।
भारतमा जारी विश्वकप टि-२० क्रिकेट प्रतियोगितामा पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर फिल्डिगं रोज्दै पाकिस्तानलाई पहिले ब्याटिंगको दिएको भारतले १८ ओभरको खेलमा मात्र १ सय १९ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानले ५ विकेटको क्षतिमा १ सय १८ रन जोडेको थियो ।

जवाफी व्याटिंगमा उत्रेको भारतको लागि विराट कोहलीले सर्वाधिक नट आउट ५५ रनको योगदान दिंदा भारत ६ विकेटले बिजयी भएको हो ।

समूह २ मा रहेका यी दुई राष्ट्रमा भारतले पहिलो खेल न्यूजिल्याण्ड संग पराजित भएको थियो भने पाकिस्तानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।