न्युजिल्याण्डको लगातार दोस्रो जित,अष्ट्रेलियालाई ८ रनले पराजित

Posted on: April 29, 2016 | views: 180

काठमाडौं,चैत ५ । भारतमा जारी आइसीसी टी–२० क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ ।  धर्मशालामा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाईलाई ८ रनले पराजित गर्दै लगातार जित हात पारेको हो ।  जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर उसमान खाउजाले ३८ तथा मिचेल मार्सले २४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ३९, ग्राण्ट इलियटले २७, केन विलियम्सनले २४ र कुलिन मुन्रोले २३ रन बनाए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र जेम्स फ्लक्लनरले समान विकेट लिएका थिए । अष्ट्रेलियाले अब सोमबार बंगलादेशसँग खेल्ने छ । न्युजिल्याण्डले भने मंगलबार पाकिस्तानसँग खेल्ने छ ।