लगातार हारबाट सुरु गरेको टिम चौराहाले अन्तत उपाधि उचाल्यो

Posted on: April 22, 2017 | views: 357

धनगढी ।

धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग डि पि यल टि २० क्रिकेट प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।


धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा शनिबार फाईनलमा धनगढी टिम चौराहाले बिराटनगर किङ्गस्लाई ६२ रनले पराजित गर्दै उपाधि हात पारेको थियो ।


पहिलो ब्याटिङ्ग गर्दै टिम चौराहाले पुरै २० ओभरमा ५ विकेटको क्षेतीमा १ सय ५९ रन बनाएको थियो ।


टिम चौराहाका लागि आरिफ सेखले सर्वाधिक ५४ रनको योगदान गर्दैक  अर्ध सतक पुरा गरेका थिए ।


१ सय ६० रनको विजयी लक्ष्ये पछ््यउने क्रममा बिराटनगर किङ्गस्ले १८।१ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।


यस खेलको प्लेएर अफ दि म्याच घोषित भएका टिम चौराहाका आरिफ सेखले १० रुपैँया प्राप्त गरेका थिए ।


प्रतियोगितामा प्रथम भएको धनगढी टिम चौराहाले १५ लाख र दोस्रो भएको बिराटनगर किङ्गस्ले ७ लाख रुपैँया प्राप्त गरेका थिए ।


यसैगरि म्यान अफ दि सिरिज घोषित भएका बिराटनगर किङ्गस्का शुसिल कंडेलले एउटा २ सय सी सी को आपाचे मोटर साईकल प्राप्त गर्न सफल भएका थिए ।