पाकिस्तानले बंगलादेशलाई ५५ रनले हरायो,अफ्रिदीको उत्कृष्ट प्रदर्शन

Posted on: April 30, 2016 | views: 219

कोलकाता,चैत ३ । टी-२० विश्वकपमा पाकीस्तानले बंगलादेशलाई ५५ रनले हराएको छ।  कोलकाताको इडेन गार्डेन रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ४६ रनमा सिमित भएको हो । बंगलादेशका लागि तमिम इक्वालले २४, सब्बिर रहमानले २५, मुसफिकर रहिमले १८ र  सकिब अल हसनले अविजित ५० रन बनाए ।

पाकिस्तानका तीन ब्याट्सम्यान चम्किएपछि बंगलादेशलाई २०२ रनको विशाल लक्ष्य दिएको थियो। पाकिस्तानका लागि मोहमद हाफिजले ६४ तथा अहमद सेहजादले ५२, चार चौका र चार छक्का प्रहार गरेका पाकिस्तानका शहिद अफ्रिदीले १९ बलमा ४९ रन बनाए।  बंग्लादेशका तास्किन अहमेद र अराफत सुन्नीले २-२ तथा सबिर रहमानले १ विकेट लिए। पाकिस्तानका मोहम्मद आमिर र शाहिद अफ्रिदीले २-२ तथा मोहम्मद इर्फान र इमाद वासिमले १-१ विकेट लिए ।