पकिस्तानद्वारा बंगलादेश सामू २ सय २ रनको लक्ष्य,अफ्रिदीको बिष्फोटक ब्याटिङ

Posted on: May 02, 2016 | views: 210

एजेन्सी,चैत ३ । टी-२० विश्वकपमा पाकिस्तानले बंगलादेशसामू २ सय २ रनको चुनौति दिएको छ। सहिद अफ्रिदीले बिष्फोटक ब्याटिङ गरेपछि  पाकिस्तानले टी(२० विश्वकपमा बनाएको सबैभन्दा ठूलो स्कोर हो। १९ बलमा चार चौका चार छक्कासहित ४९ रन जोडेका अफ्रिदीले अर्धशतक पुरा गर्न १ रनले चुके।

पाकिस्तानका लागि मोहम्मद हफिजले ६४ र अहमेद शेहजादले ५२ रन बनाए। कोलकाताको इडेन गार्डेन रंगशालामा पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको हो। बंग्लादेशका तास्किन अहमेद र अराफत सुन्नीले २-२ तथा सबिर रहमानले १ विकेट लिए