धनगडी प्रिमियरमा काठमाडौं गोल्डेन्स बिजयी

Posted on: April 11, 2017 | views: 258
काठमाडौं । धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पार्ने क्रममा कञ्चनपुर आइकोनिकलाई २४ रनले हराएको छ । काठमाडौं सोमबार भएको खेलमा सिआइवी अत्तरियासँग पराजित भएकोे थियो । त्यस्तै कञ्चनपुरले पनि पहिलो खेलमा रुपन्देही च्यालेञ्जर्सलाई हराएको थियो । सेती अञ्चल प्रहरीको मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । कार्कीले १४ बलमा पाँच चौका र २ छक्का प्रहार गरेका थिए । काठमाडौंका लागि सुवेन्दु पाण्डेले १९, कप्तान बसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जीत श्रेष्ठले १६ रन जोडे । सन्दिप झोरा १३ रनमा अविजित रहे । बलिङतर्फ कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए ।