पेनाल्टी सुट आउटबाट रोमाञ्चक जित निकाल्दै एथ्लेटिको मड्रिड क्वाटर फाइनलमा

Posted on: May 02, 2016 | views: 227

एजेन्सी,चैत ३ । स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा भएको प्रि–क्वाटरफाइनलको अन्तिम लेगमा पीएसभीलाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको हो।  पीएसभी र एथ्लेटिकोले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए।  खेलको दोस्रो लेगमा निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो। 

टाइब्रेकरमा एथ्लेटिको मड्रिडले ८–७ को जित दर्ता गर्‍यो । टाइब्रेकरमा पिएसभीका लुसिएनो नरसिंहको प्रहार बारमा लागेर फर्किएपछि एथ्लेटिको जित सुनिश्चित बनेको हो । दोस्रो लगेमा निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो । च्याम्पियन्स लिगको इतिहारमा दुई लेगमा गरी दुई सय १० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको यो नै पहिलो पटक हो । तर टाइब्रेकरमा दुवै तर्फबाट गरी समग्रमा १५ गोल भयो ।  
एथ्लेटिको मड्रिडसँगै म्यानचेस्टर सिटी, रियल मड्रिड, पीएसजी, वल्फबर्ग र बेनफिका च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। अन्य दुई टोलीको छिनोफानो भने बुधवार राति हुनेछ। बुधवार राति क्वाटरफाइनल प्रवेशका लागि बार्सिलोनाले आर्सनलको र बायन म्युनिखले युभेन्ट्सको सामना गर्दैछन्।