म्यानचेस्टर सिटी च्याम्पियन्सको क्वाटर फाइलनमा,कम्पोनी फेरि चोटग्रस्त

Posted on: April 30, 2016 | views: 207

एजेन्सी,चैत ३ । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनको डाईनामो किभलाई समग्रमा ३–१ ले हराउँदै म्यानचेस्टर सिटीले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो। 

युक्रेनको क्लब डाइनामो किएभसँग मंगलबार राति भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिएको थियो ।  क्वाटरफाइनल प्रवेशका लागि बुधवार राति बार्सिलोनाले आर्सनलको सामना गर्दैछ भने बायन म्युनिख युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।