काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिम फुटबलको सर्वोच्च निकाय फिफको वरिएता क्रममा १ सय ७० औँ स्थानमा यथावत रहेको छ ।
अघिल्लो महिना चौथो स्थानमा रहेको नेपाल यस पटक भने १ स्थान तल झरेको छ ।
भुटान १३ स्थान माथि उक्लिदैँ १ सय ६४ औँ स्थानमा आएकाले नेपाल चौथोबाट पाँचौ स्थानमा झरेको हो ।
यसैगरि भारत ३१ स्थान माथि उक्लिदैँ १ सय १ औँ स्थानमा पुगेको छ ।
दक्षिण एशियालि क्षेत्रमा अफ्गानिस्तान ३ स्थान माथि उक्लदैँ १ सय ५३ औँ र पाकिस्तान ३ स्थान तल झर्दै २ सय १ औँ स्थानमा रहेका छन् ।
यसैगरि माल्दिभ्स् १ सय ५१ औँ, बंगलादेश १ सय ९३ औँ र श्रीलङ्का १ सय ९७ औँ स्थानमा रहेका छन् ।
वश्व वरियतामा अर्जेन्टिनालाई उछिन्दै ब्राजिल ७ वर्ष पछि श्रीर्ष स्थानमा उक्लिएको छ ।
यसैगरि अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा रहेका छन् ।