काठमाडौं ।
नेपाल बंगलादेशमा जारी ए सी सी ईमजिङ्ग टिम्स् कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा विजयी भएको छ ।
बंगलादेशको शेख कमाल अन्तराष्ट्रिय मैदानमा बिहिबार भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालको जितमा तिन जना ब्याट्स् म्यानहरुले अर्ध सतक पुरा गरेका थिए ।
२ सय १५ रनको विजय लक्ष्य पछ््याउने क्रममा नेपालका शुरुआती ब्याट्स् म्यान तथा कप्तान ज्ञानेन्द्र मल्लले ७० रनको योगदान गरेका थिए ।
त्यस पछि सरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीको जोडिले राम्रो साझेदारी गर्दै नेपाललाई विजयी बनाउन निकै मद्दत्त गरेका थिए ।
दुवै जना अविजित रहँदै दिपेन्द्र सिंह ऐरीले ६० र सरद भेषवाकरले ५५ रनको योगदान गरेका थिए ।
बलिङ्गतर्पm भने नेपालका अभिनाष कर्णले सर्वाधिक ३ विकेट लिएका थिए ।
यसैगरी नेपालका भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले समान २/२ विकेट लिएका थिए भने शन्दिप लामिछानेले १ विकेट लिएका थिए ।
पहिलो खेलमा पाकिस्तान संग ७ विकेट र दोस्रो खेलमा आयोजक बंगलादेश संग ८३ रनले पराजित भएको नेपाल प्रतियोगिताबाट यस खेल अघि नै बाहिरिसकेको थियो ।
यसैगरि दुवै खेलमा पराजित भएको हङकङ पनि प्रतियोगिताबाट बाहिरिसकेको थियो ।