मनाङ्गले जित्यो जनक कप फुटबलको उपाधि

Posted on: March 29, 2017 | views: 151
काठमाडौं । मनाङ्ग मस्र्याङदि क्लब राजश्री जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ । सलार्हिको कर्मयामा बुधबार सम्पन्न फाईनलमा मनाङ्ग मस्र्याङदि क्लबले नेपाल आर्मी क्लबलाई १÷० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हाम्रा सलार्हि समाचारदाता प्रेम नाथ पौडेलले जनाएका छन् । मनाङ्ग मस्र्याङदि क्लबका लागि एक मात्र निर्णायक गोल बिमल रानाले खेलको ४९ मिनेटमा गरेका थिए । प्रथम हुँदै मनाङ्ग मस्र्याङदि क्लबले उपाधि सहित ४ लाख रुपैँया प्राप्ेत गरेको थियो भने दोस्रो भएको नेपाल आर्मी क्लबले २ लाख रुपैँया प्राप्त गरेको थियो ।