न्युजिल्याण्डको विजयी सुरुवात, भारत ४७ रनले पराजित

Posted on: April 29, 2016 | views: 164

काठमाडौं,चैत २ । भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेकोे छ । आजदेखि सुरु भएको सुपर टेनको पहिलो खेलमा आयोजक भारतलाई ४७ रनले पराजित गर्दै  न्युजिल्याण्ड पहिलो जित हात पारेको हो ।  भारतको नागपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिड गर्दै न्युजिल्याण्ड दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत ७९ रनमा नै अल आउट भयो ।   भारतका लागि धोनीले ३० रन,कोहलीेले २३ रन र आश्विनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सुपर टेनमा रहेका टोलिलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । अफगानिस्तान पहिलो चरणको खेलबाट समूह ‘बी’ को विजेताको रुपमा सुपर टेनमा प्रवेश गरेको हो । यस्तै सुपर टेनको समूह ‘दुई’ मा आयोजक भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेश छन् । बंगलादेश पहिलो चरणबाट समूह ‘ए’ को विजेताको रुपमा सुपर टेनमा आएको हो । छैटौं संस्करणसम्म आइपुग्दा भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेष्ट इन्डिज र श्रीलंकाले एक एक पटक उपाधि जितेका छन् ।