लिसेस्टर प्रिमियर लिग उपाधि नजिक,५ अंकको अग्रता कायमै

Posted on: May 03, 2016 | views: 228

एजेन्सी,चैत २ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा  रहेको लिसेस्टर सिटीले  रेलिगेशन जोनको न्युक्यासललाई १–० ले हराएर पाँच अंकको अग्रता कायम गरेको छ । आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन २५ औं मिनेटमा शिन्जी ओकाजाकीले गरेको गोल नै निर्णायक बन्यो । न्यूक्यासलको प्रशिक्षकका रुपमा राफेल बेनिटेजको पहिलो खेल थियो । यो जितले लिसेस्टरलाई लिगका ८ खेल बाँकी हुँदा उपाधिको थप नजिक लगेको छ । 

बेनिटेज केही दिन अघि मात्रै न्युक्यासलको प्रशिक्षकमा नियुक्त भएका थिए । यो जितपछि लिसेस्टरको ३० खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको समान ३० खेलबाट ५८ अंक छ । पुछारबाट दोस्रो स्थानमा रहेको न्युक्यासलको २४ अंक छ । लिसेस्टर सिटी तेस्रो स्थानको आर्सनल भन्दा ११ तथा चौंथो स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले अघि छ ।