ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याण्ड भिड्ने

Posted on: May 01, 2016 | views: 204

एजेन्सी,चैत २ । भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आजदेखि सुपर टेनका खेल सुरु हुँदैछ । प्रतियोगिताको प्रारम्भिक चरणका खेलहरु सकिएपछि आजबाट दोस्रो चरण अर्थात सुपर टेनका खेलहरु हुन लागेका हुन् । सुपर टेनकाको पहिलो खेलमा आयोजक भारत र न्युजिल्याण्ड भिड्नेछन् । भारतको नागपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । भारत महेन्द्रसिंह धोनी र न्युजिल्याण्ड केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छ ।

सुपर टेनमा रहेका टोलिलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘एक’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र अफगानिस्तान छन् । अफगानिस्तान पहिलो चरणको खेलबाट समूह ‘बी’ को विजेताको रुपमा सुपर टेनमा प्रवेश गरेको हो । यस्तै सुपर टेनको समूह ‘दुई’ मा आयोजक भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेश छन् । बंगलादेश पहिलो चरणबाट समूह ‘ए’ को विजेताको रुपमा सुपर टेनमा आएको हो । छैटौं संस्करणसम्म आइपुग्दा भारत, पाकिस्तान, इंग्ल्याण्ड, वेष्ट इन्डिज र श्रीलंकाले एक एक पटक उपाधि जितेका छन् ।