केन्याविरुद्धको क्रिकेटमा मेहबुक भित्रिए, सुनिल र दिपेन्द्र नयाँ सदस्य (यस्तो छ टिम

Posted on: March 05, 2017 | views: 544

काठमाडौं ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार थपिएका छन् । यसैगरि मेहबुक आलमले पुनरागमन गरेका छन् ।

अलराउण्डर मेहबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । भारत भ्रमणमा उनको प्रदर्शन औसत रहेको थियो । दुई खेलमा मौका पाएका मेहबुबले विकेट लिन नसकेपनि धेरै रन खर्च नगरेका कारण उनले टिममा मौका पाएका हुन् ।

भारत भ्रमणका क्रममा ओपनिङका लागि धमलासँगै आशिफ शेख र दिलिप नाथलाई विकल्पमा राखिएको थियो ।

भारत भ्रमणका क्रममा पहिलो अभ्यास खेलमा आशिखले ज्ञानेन्द्रसँग ओपनिङ गरेका थिए तर, शुन्यमै आउट भए । त्यसपछिका दुई खेलमा मौका पाएका सुनिलले भने आफूलाई प्रमाणित गरे । नेपालको दोस्रो खेलमा मौका पाएका उनले ४४ रन बनाएका थिए ।

तेस्रो अभ्यास खेलमा ज्ञानेन्द्रलाई आराम दिएर सुनिल र आशिफलाई ओपनिङ जोडी बनाइएको थियो । त्यसमा पनि सुनिल नै हावी देखिएका थिए । आशिफ २२ रनमा आउट हुँदा सुनिलले ७४ रनको निर्णायक पारी खेल्दै नेपाललाई जिताएका छन् ।

दिलिप नाथलाई बैकल्पिकको सूचीमा राखिएको छ भने आशिफ टोलीबाटै बाहिरिएका छन् ।

यस्तो छ नेपाली टोलि
नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्लले पाएका छन् । शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख टोलीमा अटाएका छन् ।

यसैगरि राजेश पुलामी, अभिनाश कर्ण, भुवन कार्की र दिलिप नाथ बैकल्पिकमा परेका छन् ।

भारत भ्रमणमा रहेका आशिफ शेख भने खेल फितलो हुँदा नेपाली क्रिकेट टोलीबाट बाहिरिएका छन् ।