देउवालाई लोकतान्त्रिक खेलकुदको बधाइ

Posted on: May 03, 2016 | views: 238

काठमाडौं चैत १ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपाली कांग्रेसका नवनिर्वाचत सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार बधाई तथा शुभकामना प्रदान गरेको छ ।

लोकतान्त्रिक खेलकुद संघका कार्यावाहक अध्यक्ष सुबोध प्रधानको नेतृत्वमा गएको टोलीले बुढानीलकण्ठस्थित निवासमा भेट गरी देउवालाई सभापतिमा निर्वाचित भएकोमा बधाइ दिनुका साथै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ ।

भेटमा राष्ट्रिय खेलकुद परिषद् (रोखप) का कोषाध्यक्ष सुरेन्द्र हमाल, राखेपका सदस्यद्वय शान्ति सिंह र शैलेश कर्माचार्य, लोकतान्त्रिक खेलकुद संघका सदस्य परिवारलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य कुमार बस्नेतले लिखित बधाइ तथा शुभकामना मन्तब्य वाचन गरेका थिए । त्यसपछि उक्त लिखित बधाइ तथा शुभकामना पत्र कार्यवाहक अध्यक्ष प्रधानले सभापति देउवालाई हस्तान्तरण गरेका थिए । त्यस्तै सोमबारै लोकतान्त्रिक खेलकुद संघले नवनिर्वाचित महामन्त्री शशांक कोइरालालाई महाराजगन्जस्थित निवासमा भेट गरी बधाइ तथा शुभकामना दिएका थिए ।