काठमाडौं ।
विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्दको खेलको अन्तिम तयारी स्वरुप नेपाली क्रिकेट टोली अध्यासको लागि भारत प्रस्थान गर्न लागेको छ ।
आगामी फागुनमा हुने खेलको तयारी गरिरहेको नेपाली टोलि बुधबार साँझ ५ बजे भारतको ग्रेटर नोयडा जाने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपति राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले भारत जाने १९ सदस्सीय नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेको छ ।
तर टोलिका कप्तान पारस खड्का भने सहभागी छैनन् । एपेन्डिसाइटको अप्रेसनपछि स्वास्थ्यलाभ गरिरहेका खड्का भारत नगएपछि खेलमा भने सहभागी हुने छन् ।
उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा १८ खेलाडि र प्रशिक्षकसहितको नेपाली टोलि भारत जाँदैन ।नेपाली टोलि भारतबाट फर्किएपछि पारस टोलीमा समावेश हुनेछन् ।
भारत जाने नेपाली टोलिमा ज्ञानेन्द्र मल्ल उपकप्तान सँगै सागर पुन, सन्दिप लामिछाने, भुवन कार्की, शरद भेषावकर, आरिफ शेख, दिलिप नाथ, करण केसी, आशिफ शेख, बसन्त रेग्मी, शक्ति गौचन सहभागी छन् । यसैगरि अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी, राजेश पुलामी मगर, बिनोद भण्डारी, महेबुब आलम पनि जाँदैछन् ।
नेपाली टोलीले एक साता नोयडामा अभ्यास गर्ने छ । नोयडामा नेपाली टोलीले तीन अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपालले अफगानिस्तानको ए टिम, राजस्थान र एयर इन्डिया टिमसँग अभ्यास खेल खेल्ने कार्यतालिका छ । नेपाली टोली मार्च ३ मा स्वदेश फर्कनेछन् ।
नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० ९मार्च ११ र १३ ० गते त्रिभुवन विश्वविद्यालय ९टियु० क्रिकेट मैदानमा हुने तय भइसकेको छ ।
केन्यापछि नेपालले छैटौं चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ ।
लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ ।
नेपालले ८ खेलमा ३ मा जित र ५ हार बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हंङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौमा केन्या छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।