ला लिगामा रियल मड्रिडको संघर्षपूर्ण जित

Posted on: May 03, 2016 | views: 212

एजेन्सी,चैत १ । स्पेनिस ला लिगा रियल मड्रिडले लास पालमसविरुद्ध कठिन जित हात पारेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले लास पालमसलाई  २–१ ले हरायो । रियलको लागि सर्जियो रामोस र कासेमिरोले गोल गरे । लास पालमसका डा सिल्भाले सान्तोना गोल गरे ।  

जितपछि तेस्रो स्थानको रियलको २९ खेलबाट ६३ अंक भएको छ । रियल पहिलो स्थानको बार्सिलोना भन्दा १२ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ । २९ खेलबाट ३० अंक जोडेको लास पालमस १५ औं स्थानमा छ ।