फिफा वरियतामा नेपालको सुधार,दुई स्थान माथि उक्लियो

Posted on: February 09, 2017 | views: 139

काठमाडौं,माघ २७ । नेपालले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियताक्रममा दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले फड्को मारेको हो । फिफाले जारी गरेको फेब्रुअरी महिनाको नयाँ वरीयतामा नेपाल दुई स्थानमा माथि उक्लद १७३ औं स्थानमा पुगेको छ। यसअघि नेपाल १ सय ७५ स्थानमा थियो । यसपटकको वरियतामा एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा माथि १ सय ३० औं स्थानमा छ।

माल्दिभ्स ५ स्था न माथि उक्लदैँ १ सय ४० औं स्थानमा पुगेको छ। यसअघि माल्दिभ्स १ सय ४५ स्थानमा रहेको थियो । एक स्थान तल झरेको भुटान १७७ औं स्थानमा छ भने बंगलादेश १९० औं स्थानमा यथावत छ। श्रीलंका १९६ औं स्थानमा कायम छ भने पाकिस्तान एक स्थन तल झर्दै १९८ औं स्थानमा छ।

दक्षिण एसिया छाडिसकेको अफगानिस्तान १५१ औं स्थानमा यथावत छ। विश्व वरियताक्रमको शीर्ष स्थानमा विश्वकपको उपजिवेता अर्जेन्टिना रहेको छ । ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा यथावत छ।  एएफसी एसियन कप छनोटको लागि नेपालको समूहमा रहेको फिलिपिन्स १२२ औं स्थानमा यथावत छ भने ताजिकिस्तान १ स्थान तल झर्दै १३३ औं स्थानमा छ। यस्तै यमन एक स्थान सुधार गर्दै १४८ औं स्थानमा छ।