एजेन्सी ।
स्पेनिस कोपा डेल रे को क्वाटरफाइनल पहिलो लेगमा साविक बिजेता बार्सिलोनाले रियल सोसिडाडबिरुद्ध एक शून्यको संघर्षपूर्ण जित हात पारेको छ ।
घरेलु मैदान स्टाडियो मुनिसिपालमा बार्सिलोनाबिरुद्ध अनौठो कीर्तिमान राखेको रियल सोसिडाडले खेलमा भने नेइमारको पेनाल्टी गोललाई रोक्न सकेन ।
खेलको २२औं मिनेटमा ब्राजिलियन स्ट्राइकरले पेनाल्टीबाट गरेको गोल नै बार्सिलोनाको पहिलो लेग जितमा निर्णायक बन्यो ।
बार्सिलोनाले सोसिडाडको घरेलु मैदानमा जित हासिल गरेको १० बर्षपछि पहिलो पटक हो ।