४४ खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा,को-को परे ? (नामावली सहित)

Posted on: May 01, 2016 | views: 328

काठमाडौं,फागुन ३० । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योटुकी कोजीले मलेसियासँगको खेलका लागि ४४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । कोजीले आगामी चैत्र १४ मा मलेसियाको यु २२ टोलीसँग हुने मैत्रिपूर्ण फुटबलका लागि बन्द प्रशिक्षणमा प्रारम्भिक टोली घोषणा गरेका
हुन् । उक्त टोलीको  प्रशिक्षण मंगलबारबाट सुरु हुने छ । प्रारम्भिक टोलीमा रहेका ४४ जना मध्येबाट अन्तिममा २३ जना खेलाडी छनौट गरिने छ ।

भारतमा भएको बाह्रौं दक्षिण एसियाली खेलकुद साग र साफ च्याम्पियनसिप फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा सहभागी खेलाडी टोलीमा छन् । यस्तै बारामा भएको सिमरा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा पनि केहि खेलाडी छानिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रशिक्षक कोजुले घोषणा गरेको प्रारम्भिक टोलीमा

गोलकिपरहरुः किरणकुमार लिम्बु, बिकेश कुथु, अमृतकुमार चैधरी, अलन न्यौपाने र बिशाल श्रेष्ठ

डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, जीतेन्द्र कार्की, रञ्जीत धिमाल, कमल श्रेष्ठ, मानबहादुर तामाङ, देवेन्द्र तामाङ, बिजय धिमाल, अजित भण्डारी र दिनेश राजबंशी

मिडफिल्डरहरूः जगजित श्रेष्ठ, बिशाल राई, अञ्जन विष्ट, हेमन गुरुङ, बिक्रम लामा, योगेश गुरुङ, नविन लामा, रोहित चन्द, जंबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल वाल, तेज तामाङ, टंक बस्नेत, राजेन्द्र रावल, स्याम नेपाली, सुशील केसी, सुजल श्रेष्ठ, रुपेश केसी र शिव श्रेष्ठ

स्ट्राइकरहरूः अनिल गुरुङ, नवयुग श्रेष्ठ, बिमल घर्तीमगर, रञ्जन बिष्ट, सुमन लामा, कर्णकुमार लिम्बु, बिश्वास श्रेष्ठ र भरत खवास छन् ।