चेल्सी पराजित,म्यानचेस्टर सिटीलाई नर्विचले बराबरीमा रोक्यो

Posted on: May 02, 2016 | views: 328

एजेन्सी,फागुन ३० । चेल्सीलाई हराउँदै एभर्टन एफ।ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदान गोडिन पार्कमा शनिबार राति भएको क्वाटरफाइनलमा चेल्सीलाई २–० ले हराएर एभर्टनले सेमिफाइलनमा स्थान बनाएको हो । यो खेलमा दुवै टिम अन्तिमको केही मिनेट १० खेलाडीमा सीमित भएका थिए । खेलमा एभर्टनलाई विजयी गराउन दुबै गोल रोमेलु लुकाकुले गरे ।

खेलको अन्त्यतिर चेल्सीका डिएगो कोष्टा र एभर्टनका ग्यारेथ ब्यारीले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । एभर्टनको जितमा ७७ र ८२ औं मिनेटमा गरी रामेलु लुकाकुले दुई गोल गरे । उता इंग्लीश प्रिमियर लिग फुटबलमा नर्वीच सिटीले म्यान्चेस्टर सिटीलाई बराबरीमा रोकेको छ ।
नर्वीच सिटीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।