बार्सिलोनाको विजयी यात्रा कायमै,मेस्सीले पेनाल्टी हान्न सकेनन्

Posted on: May 02, 2016 | views: 324

एजेन्सी,फागुन ३० ।  स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले विजयी यात्रा कायम राखेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा  बार्सिलोनाले गेटाफेमाथि ६-० को जित निकालेको हो ।बार्सिलोनाले गेटाफेलाई फराकिलो जित हात पार्दा पनि मेस्सीले भने पेनाल्टी खेर फाले । बार्सिलोनाको जितमा नेइमारले दुई तथा लियोनल मेस्सी, एल हाडाडी र आर्डा तुरानले एक एक गोल गरे । 


घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले आठौं मिनेटमा नै उपहार गोलबाट अग्रता लिएको थियो । तर, खेलको ११ औं मिनेटमा नै मेस्सीले पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

१९ औं मिनेटमा मुनिसले गोल गरे भने ३२ औं मिनेटमा नेयमार र ४० औं मिनेटमा लिओनल मेस्सीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० को अग्रता लिन सफल भयो  ।
५१ औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो तथा ५७ औं मिनेटमा तुरानले एक गोल गरेपछि बार्सिलोनाले ६–० को शानदार जित सुश्चित गर्‍यो । जितपछि जितसँगै बार्सिलोना ७५ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६७ अंक छ ।