आर्मी क्लबलाई हराउँदै एपीएफलाई पुरुष क्रिकेटमा स्वर्ण

Posted on: December 30, 2016 | views: 366

विराटनगर,पुस १५ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ स्वर्ण जितेको छ।  विराटनगरस्थित वैजनाथपुर मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।   टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले एपीएफलाई १ सय २१ रनमा समेटेको थियो। सुवास खकुरेल, आसिफ शेख र प्रदिप ऐरीलाई सस्तैमा गुमाएको एपीएफलाई सम्मानजनक स्थितीमा पुर्‍याउने क्रममा पारस खड्काले ३३ रनको महत्वपूर्ण इनिङग्सले खेलेका थिए। 

उनले ३८ बल सामना गर्दै १ चौका र १ छक्का प्रहार गरे।  आर्मीबाट सोमपाल काकी, विक्रम सोब र चन्द्र साउदले २ २ विकेट लिए। त्यस्तै अभिनास कर्ण र सागर पुनले एक एक विकेट लिए।  जवाफी ब्याटिङमा उत्रिएको आर्मीबाट कसैले पनि राम्रो ब्याटिङ गर्न सकेनन्। नरेश बुढाएर १७ रन बटुलेपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन्। ११ ओभर ४ बलसम्म ४ विकेट गुमाएर ५४ रनको अवस्थामा रहेको आर्मी भूवन कार्की चम्किएपछि पराजित हुन पुगेको थियो। भूवन कार्कीले केवल ११ रन खर्चिएर ४ विकेट लिएपछि आर्मी १७ ओभर ४ बलमा ७२ रनमै अलआउट भयो।  एपीएफबाट शक्ति गौचनले र यज्ञमान कुमालले थप २्२ तथा करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए।