ओसासुना विरुद्ध मेसी र स्वारेज चम्किए,रियलसँग अंकदुरी कम

Posted on: December 10, 2016 | views: 210

एजेन्सी,मंसिर २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि गोलको बर्षा गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज चम्किएपछि बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकालेको हो । बार्सिलोनाका लागि स्वारेजले एक र मेस्सीले दुई गोल गरे । ओसासुन्नाको घरेलु मैदानमा खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । 

खेलको ५९ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै ७२ औँ मिनेटमा र इन्जुरी समयमा गोल गर्दै लियोनल मेस्सीले ३–० को जित दिलाए । स्पेनिस लिगमा नै राती ९ बजे भ्यालेन्सिया र रियल सोसिडाड तथा सवा ११ बजे लास पलामस र लेगन्सबिच खेल हुने छ । लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले राती साढे १ बजे डिप्रोटिभो लाकुरानासँग खेल्ने छ । गएको हप्ता बार्सिलोनाले रियल मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।  स्पेनिस लिगमा १५ खेल खेलेको बार्सिलोनाले ३१ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत राति ९ बजे भ्यालेन्सिया र रियल सोसिडाडको खेल हुँदै छ भने ११ बजे लेगन्स र पालामसबीच खेल हुनेछ । लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले भने राती १ः३० बजे डिप्रोटिभो लाकुरान सँग खेल्ने छ । १४ खेल खेलेको शीर्ष स्थानको रियलको ३४ अंक छ ।