केसीको अध्यक्षतमा नेपाल विद्यालय भलिबल कमिसन गठन

Posted on: November 27, 2016 | views: 265

काठमाडौँ,मंसिर १२ । राम बहादुर केसीको अध्यक्षतमा नेपाल विद्यालय भलिबल कमिसन गठन भएको छ । आइतबार क्राउन प्लाजामा आयोजित एक कार्यक्रममा न्यूटन स्कुलका प्रीन्सिपल के.सीको नेतृत्वमा १० सदस्यीय तदर्थ समिती गठन भएको छ । 

नेपाल भलिबल सघंको तत्वाधनमा तदर्थ समिती गठन भएको हो । आइतबार एक कार्यक्रमकाविच भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्माले तदर्थ कमिशनको घोषणा गरेका थिए । भलिबलका नयाँ प्रतिभाशाली खेलाडी र उमेर समुहका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल विद्यालय भलिबल कमिशन गठन गरिएको संघका महासचिव जितेन्द्र बहादुर चन्द बताए । 

 त्यस्तै कमिशनको उपाध्यक्षद्धयमा न्यू डायमण्ड एकेडेमिका प्रिन्सिपल एवंम प्रशिक्षक कुमार राई र हिमचुली एकेडेमीका निर्देशकयुवराज श्रेष्ठ,सचिवमा हिमरश्मी हाइस्कुलका प्रिन्सिपल लोकेन्द्र खड्का,कोषाध्यक्षमा सेब स्कुलका प्रिन्सिपल युवराज थापा,सदस्यमा अरुणदय स्कुलका प्रिन्सिपल भिमसेन केसी,मनास्लु उमाबीका प्रिन्सिपल भक्त कुमार श्रेष्ठ,ज्ञानसुधा एकेडेमी प्रिन्सिपल प्रमोद जिसि र टप्स स्कुल पोखराका प्रिन्सिपल रत्न गुरुङ र सेन्ट डेबिस एकेडेमीका खेलुकुद प्रमुख अम्बिका वली छन् । 

कमिशनका १० सदस्यीयलाई नेपाल भलिबल संघका अध्यक्ष शर्माले सपथ गराए ।  सो अवसरमा उपाध्यक्षत्रय यम गुरुङ,निरोज मास्के र रञ्जन खड्का,महासचिव चन्द र सचिव मनविर छन्त्यालले प्रमाणपत्र प्रदान गर्दै शुभकामना ब्यक्त गरे । बाकी पाँच उपाध्यक्ष प्रदेशिक समरचना अनुरुप मनोनित गरिने भलिबल संघले जनाएको छ । 

विद्यालय कमिशनका अध्यक्ष केसीले नेपाल भलिबल संघले दिएको जिम्मेवारी सहज रुपले निर्वाह गर्ने विश्वास ब्यक्त गरे । के.सीले राष्ट्रिय टिमलाई लक्षित गरि उमेर समुहका प्रतिभाशाली खेलाडी उत्पादन नयाँ नेतृत्व गर्ने आश्वासन दिएका छन् । सघंका उपाध्यक्ष गुरुङले नेपाल भलिबलको वार्षिक कार्यक्रम अनुसार विद्यालयस्तरबाट नयाँ प्रतिभा खोजी गर्ने उद्देश्यले भलिबल कमिशन गठन गरिएको बताए । संघले भलिबल कमिशन सञ्चालनका लागि विद्यालय भलिबल कमिशन निर्देशिका र कार्यदिशा तयार पारि सकेको जनाएको छ । उक्त तथर्द समितीले विद्यालयस्तरमा भलिबल खेललाई बृहत रुपमा विस्तार गर्न जिल्ला भलिबल कमिशन विकास गर्ने बताइएको छ ।