नेपालले मलेसियाबीच हुने मैत्रिपूर्ण खेलको मिति परिर्वतन

Posted on: May 03, 2016 | views: 226

काठमाडौं,फागुन २८ । नेपालले मलेसियासँग दुई मैत्रिपूर्ण फुटबलको खेल मिति परिर्वतन भएको छ । यसअघि चैत १६ मा हुने भनिएको मलेसियाको राष्ट्रिय टोलीसँगको मैत्रिपूर्ण खेलको मिति परिवर्तन भएको हो । मिति परिवर्तन गरिए पनि उक्त खेलको नयाँ मितिबारे जानकारी गराइएको छैन। 

दुई देशका फुटबल संघबीच समझदारी नहुँदा उक्त खेलको मिति परिवर्तन गर्नु परेको मलेसियाली फुटबल संघले एन्फालाई जानकारी गराएको छ। चैत्र १४ गतेको लागि तय भएको खेलमा मलेसियाको यु-२२सँग मैत्रिपूर्ण फुटबल हुने मलेसियाली फुटबल संघले शुक्रबार निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाका अनुसार यो खेल खेल्न नेपालले साग गोल्डकपको स्वर्ण बिजेता टोली नै अघि सार्ने छ।