नेपालले भारतको सामना गर्दै,नेपाललाई जित्नै पर्ने दबाब

Posted on: May 02, 2016 | views: 280

१२ पुष, काठमाडौं । 
भारतमा जारी साफ चयम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने सात बजेपछि केरलामा रहेको त्रिवेन्द्रम रंगशालमा हुनेछ । समुहको पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको नेपालका लागि बलियो प्रतिद्वन्द्वी भारतसँगको खेल जित्नै पर्ने दबाब छ । तीन टोली रहेको समुह ए बाट सेमिफाइनल प्रवेशका लागि नेपालले भारतलाई हराउनुको विकल्प छैन । 

 भारतमाथि दुर्इ सून्यको जित निकाले नेपाल  भारतसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गर्नेछ । हार वा बराबरीमा रोकिए नेपाल  समूह चरणबाटै बाहिरिने छ । नेपाल र भारतवीचको खेलसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा हुनेछ । समूह ए मा नेपालसँगै रहेका भारत र श्रीलंकाको ३–३ अंक छ भने नेपाल अंकविहीन छ । (