लिसेस्टर सिटीको विजयी यात्रामा पूर्णविराम

Posted on: May 02, 2016 | views: 302

एजेन्सी,पुष १२ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको विजयी यात्रामा पूर्णविराम लागेको छ । लगातार ९ खेलदेखिको विजयी हुदै आएको लिसेस्टर शनिबार राति भएको खेलमा लिभरपुलसँग १–० ले पराजित भयो । ६३ औं मिनेटमा क्रिष्टियन बेन्टेकले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । हारपछि पनि शीर्ष स्थानमा रहेको लिसेस्टर सिटीको १८ खेलबाट ३८ अंक छ । समान १८ खेलबाट २७ अंक जोडेको लिभरपुल आठौं स्थानमा उक्लिएको छ । शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटीले सन्डरल्याण्डलाई ४–१ हरायो । 

म्यानचेस्टर सिटीको जितमा रहिम स्टर्लिङ, याया टुरे, विल्फ्रेड बोन्नी र केभिन डी ब्राउनले एक एक गोल गरे । सन्डरल्याण्डका लागि बोरिनीले एक गोल फर्काए । जितपछि तेस्रो स्थानको म्यानचेसटर सिटीको १८ खेलबाट ३५ अंक भएको छ । समान १८ खेलबाट १२ अंक जोडेको सन्डरल्याण्ड १९ औं स्थानमा छ ।